सरकारले ६ जना सचिवहरुलाई सरुवा गरेर अतिरिक्त समूहमा तानेको छ ।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गत मंगलबारको मन्त्रिपरिषद्को निर्णय अनुसार,ती सचिवहरुलाई सरुवा गरिएको हो । जस अनुसार पाँच जना सचिवहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएको छ भने एक सचिवलाई शिक्षा तथा नवप्रवद्र्धन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सरुवाको सूची अनुसार,प्रधानमन्त्रीलाई म्यासेज पठाएर विवादमा तानिएका कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट प्रम कार्यालयमा तानिएको छ भने उनीसहितका अन्य चार सचिवलाई जगेडामा तानिएको हो । यस्तै नेपाल ट्रष्टबाट सचिव प्रमिलादेवी बज्राचार्यलाई विज्ञान प्रविधि तथा नवप्रवर्द्धन मन्त्रालयको सचिवका जिम्मेवारी दिइएको छ ।
यस्तै, लोकनाथ पौड्याल, डिल्लीराम शर्मा, हरि मैनाली र गोविन्द शर्मा समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर जगेडामा राखिएको छ । सरकारले विभिन्न २२ मन्त्रालयलाई १८ मा झारेको थियो यसरी मन्त्रालयहरु मर्ज हुँदा वन तथा वातावरण मन्त्रालय कृषि मन्त्रालयमा गाभिएका कारण तत्कालीन वन मन्त्रालयका सचिव गोविन्द शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेर्ने गरी प्रधानमन्त्री कार्यालयमा तानिएको हो भने सार्वजनिक खरिद अनुगमनबाट मैनाली, युवा तथा खेलकुद मन्त्रालयबाट पौड्याल, शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको रूपमा कार्यरत थिए । यी मन्त्रालयहरू खारेजी र गाभिने निर्णयमा परेका कारण मन्त्रालयहरूको नाम परिवर्तन भएको थियो ।
सरकारले गाभिएका मन्त्रालयमा सचिव व्यवस्थापनको गृह कार्य अनुसार दुई दुई जना सचिव रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन हेर्ने सचिव डिल्लीराम शर्मा र शिक्षामा गाभिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएको छ। यस्तै वन मन्त्रालय हेर्दै आएका सचिव गोविन्दप्रसाद शर्मालाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएको हो भने नेपाल ट्रष्ट,उपराष्ट्रपतिको कार्यालय र सार्वजनिक खरिद अनुमगनका सचिवहरु सरुवा गरिएको हो ।
































