२२ जना अधिकृतहरुको सरुवा

न्याय सेवा आयोगले २२ जना अधिकृतहरुको सरुवा सिफारिस गरेको छ । आयोगको आज बसेको बैठकले न्याय समूहका ती अधिकृतहरुको सरुवा सिफारिस गरेको हो ।
जस अनुसार रुकुमकोट जिल्ला अदालतका श्रेष्तेदारलाई काठमाडौं जिल्ला अदालत,झापा जिल्ला अदालतका इजलाश अधिकृत सौगात चालिसेलाई बाल इजलाश,मकवानपुर जिल्ला अदालतबाट राजन अर्याललाई उच्च अदालत,पाटन हेटौंडा इजलाशमा सरुवा सिफारिस गरिएको छ ।

बिज्ञापन

यस्तै,कपिलबस्तु जिल्ला अदालतबाट सुरज अधिकारीलाई उच्च अदालत तुल्सीपुर,बारा जिल्ला अदालतबाट दुर्गा पन्थीलाई उच्च अदालत पाटन,कास्की जिल्ला अदालतबाट कुशल गिरीलाई उच्च अदालत पोखरा,काठमाडौं जिल्ला अदालतमा दरबन्दी रहि काजमा सर्वाेच्च अदालतमा कार्यरत रहेका दिपकुमार श्रेष्ठलाई सर्वाेच्च अदालतमा,ओमबहादुर कठायतलाई प्रशासकीय अदालत,उर्मिला तिमिल्सिनालाई वैदेशिक रोजगार न्यायधीकरणमा सरुवा गरिएको छ ।

बिज्ञापन

सूची अनुसार,एकता पौडेल र उदयराम नापितलाई सर्वाेच्च अदालत,जेविना प्रधान र विमला फुँयाललाई बाल इजलाश, धनुषा जिल्ला अदालतबाट हिना प्रविनलाई सर्वाेच्च अदालत,जनकपुर अस्थायी इजलाशबाट प्रेक्षा निरौलालाई सर्वाेच्च,उच्च अदालत जनकपुरबाट रेजिना राईलाई काठमाडौं जिल्ला अदालत, लिना कोइरालालाई ललितपुर जिल्ला अदालत,घनश्याम जोशीलाई कैलाली जिल्ला अदालत,चन्द्रिका महर्जनलाई भक्तपुर,हिमबहादुर विके सर्वाेच्च,रविना आचार्यलाई सर्वाेच्च र मनोजकुमार थापालाई बाँके जिल्ला अदालतमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूरानाले शुरु,नयाँलाई जस

२२ जना अधिकृतहरुको सरुवा

विद्युतीय सवारी र भेप तस्करी बारे छानबिन गर्न उपसचिवको संयोजकत्वमा चार सदस्यीय समिति

बीवाईडी प्रकरणमा नयाँ नाम : उत्तरी नाकाका प्रभावशाली क्यारिङ व्यवसायी उद्धव राउतको भूमिकामाथि पनि चासो

कर्मचारीहरुको अध्ययन बिदा र विदेश भ्रमणमा एकरुपता कायम गरिँदै

तस्करीको हब बन्दै कोरला भन्सार,अनुसन्धानको राडारमा दर्जनौं कर्मचारी

प्रमुख प्रशासकीय माथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्धारा भर्त्सना

बजेटअघि कर हेरफेरको सूचना चुहिएको आशंका : सशस्त्र प्रहरीद्वारा ७७५ बीवाईडी गाडी नियन्त्रणमा

बिशेष