रास्वपाका पाँच र नेकपाका एक सांसदले बुझाएनन् सम्पत्ति विवरण

तोकिएको समयभित्र प्रतिनिधि सभाका ६ सदस्यले सम्पत्ति विवरण नबुझाएको जनाइएको छ । संघीय संसद् सचिवालयले जेठ १० गते आइतबारसम्म सांसदहरूलाई सम्पति विवरण बुझाउन समय दिएको थियो तर तोकिएको समयसीमाभित्र रास्वपाका पाँच र नेकपाका एक गरी ६ जना सांसदले सम्पत्ति विवरण नबुझाएका हुन् ।
संघीय संसद सचिवालयका अनुसार,रास्वपाका सांसदहरु आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो र नेकपाका संसद् धनबहादुर बुढाले तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण नुबझाएका हुन । संसद सचिवालयका अनुसार,२७५ सदस्यीय प्रतिनिधि सभामा १७ मन्त्री छन् । मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै सम्पति विवरण बुझाउने प्रचलन छ । यस्तै २६० मध्ये २५४ जना सांसदले सम्पति विवरण बुझाएको र ६ जनाले नबुझाएको संघीय संसद सचिवालयले जनाएको छ ।

बिज्ञापन

भ्रष्टाचार निवारण ऐनको दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन को दफा ३१ क को उपदफा (१) मा रहेको सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । त्यही अनुसार सचिवालयले सूचनामार्फत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन आग्रह गरेकोमा तोकिएको समयसीमाभित्र ६ जनाले सम्पत्ति विवरण नबुझाएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

बिशेष