प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि औपचारिक छलफल प्रारम्भ गरिनेछ ।

बिज्ञापन

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । त्यसपछि सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्नेछन् भने दर्ता भएका संशोधन प्रस्तावहरू पनि प्रस्तुत गरिनेछ ।

बिज्ञापन

आजैको बैठकमा सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम सोमबार राष्ट्रपति  रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममाथिको छलफललाई संसद्को यस अधिवेशनको महत्वपूर्ण कार्यसूचीका रूपमा हेरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

बिशेष