धमाधम राजीनामा दिँदै कर्मचारी,साता दिनमै चार अधिकृतले दिए राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका एक पछि अर्काे अधिकृतहरुले राजीनामा दिने क्रम जारी छ । सरकारले लामो समय संघीय मन्त्रालय,विभाग,कार्यालयमा बसेका र कहिल्यै स्थानीय तहमा बसेर काम नगरेका कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएकोमा हालैमात्र ४ जना शाखा अधिकृतले राजीनामा दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार आजैमात्र शाखा अधिकृत गणेश घिमिरे र चुणामणि केसीले राजीनामा दिएका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,घिमिरेलाई अछामको मल्लेख गाउँपालिका पठाइएको थियो । जेनजी विद्रोह पछि सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजकसमेत रहेका घिमिरेले सोमबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवसमक्ष राजीनामा बुझाएका हुन ।

बिज्ञापन

यस्तै हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अध्यागमन अधिकृत जिम्मेवारीमा रहेका केसीलाई सामान्य प्रशासन मन्त्रालयले सल्यानको कुमाख गाउँपालिका खटाएको थियो गत १९ मा । तर गृह जिल्लामा सरूवा भएका केसी खटाएको ठाउँमा नगइ राजीनामा दिएका हुन्।

यस अघि अवकाशको मुखमा रहेका दुई अधिकृतहरुले पनि खटाएको ठाउँमा नगइ राजीनामा दिएका छन् । मन्त्रालयले दार्चुलाको व्यास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकामा खटाइएका शेखरनिधि पौड्यालले राजीनामा दिएको जनाएको छ । दुवै अधिकृतले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। दुवै अधिकृतको राजीनामा मन्त्रालयमा बुझाएको भए पनि सो राजीनामा स्वीकृत नहुँदै थप दुई अधिककृतले राजीनामा दिएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

बिशेष