राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूत फिर्ता बोलाउँदै सरकार

सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ देशका राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ । जेनजी विद्रोह पछि बनेको चुनावी सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका विभिन्न ११ देशका राजदूतहरु फिर्ता बोलाइएको भए ६ देशका राजदूतहरुलाई जिम्मेवारीमै राखेको थियो । यसरी राजनीतिक कोटाबाट नियुक्त भएका बाँकी ६ देशका राजदूत फिर्ता बोलाउने तयारी गरिएको हो ।

बिज्ञापन

हाल राजनीतिक कोटाबाट भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा राजदूतहरु कार्यरत छन् । अघिल्लो सरकारले फिर्ता नबोलाएका राजदूतहरुमध्ये चित्रलेखा यादव,डा शंकर शर्मा, सुम्निमा तुलाधार, शिवमाया तुम्बाहाङ्फे, कपिलमान श्रेष्ठ र पूर्णबहादुर नेपालीलाई ती देशबाट फिर्ता बोलाउन लागिएको हो ।
अघिल्लो सरकारले गत असोज ३० गते एकसाथ ११ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाएको थियो । जसमा चीनबाट कृष्णप्रसाद ओली, जर्मनीका राजदूत रहेका शैल रुपाखेती,जापानबाट दुर्गाबहादुर सुवेदी अर्थात दुबसु, धनप्रसाद पण्डितलाई इजरायल, नेत्रप्रसाद तिम्सिनालाई मलेसियाबाट फिर्ता बोलाइएको थियो । यस्तै, रमेशचन्द्र पौडेललाई कतार, जंगबहादुर चौहान रुसबाट फिर्ता बोलाइएको थियो भने डा नरेशविक्रम ढकाल (साउदी अरेबिया), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मीलाई अमेरिका र शनिल नेपाललाई स्पेनबाट फिर्ता बोलाइएको थियो । यसरी फिर्ता बोलाइएका मध्ये तीन जना अझैं परराष्ट्रमा हाजिरी गर्दै आएका छन् ।

बिज्ञापन

नेपालका विभिन्न देशमा ३४ दूतावास तथा स्थायी नियोग छन् । जसमध्ये ५० प्रतिशत परराष्ट्र मन्त्रालयका सहसचिव र बाँकी ५० प्रतिशत हिस्सामा राजनीतिक कोटामा सरकारमा सहभागी राजनीतिक दलले सिफारिस गरेका व्यक्तिलाई समेटिने गरिन्छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

बिशेष