प्रधानमन्त्रीको पिएलाई बार्षिक डेढ अर्व बजेट रहेको कोषमा पाँच बर्षका लागि नियुक्ति

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जाँदा जाँदै विवादित निर्णय गरेकी छिन् । उनले आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी हुन ।

बिज्ञापन

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री कार्कीले ५ वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा नियुक्ति दिलाएकी हुन् ।

बिज्ञापन

सो कोषमा तत्कालीन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई अध्यक्षको भूमिकामा राखिएको थियो । एनटिएनसीमा अध्यक्षले गाडी र बैठक भत्ता पाउने सुविधा छ । करिब डेढ अर्ब बजेट रहेको कोषले अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्र आयोजना व्यवस्थापन गर्दै आएको छ । त्यस्तै, ललितपुरस्थित सदर चिडियाखाना पनि सञ्चालन गर्दै आएको छ ।

उसो त प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई सफल पार्नमा स्वकीय आर्दश श्रेष्ठको ठूलो भूमिका रहेका बताउँदै आएकी छिन् । प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतको सूचना प्रविधि (आइटी) महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत श्रेष्ठ भदौ २९ गते प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन । सिन्धुलीका आर्दश जिम्मेवारीमा रहँदा केही महत्वपूर्ण निकायहरुको नियुक्तिहरुको विवादमा मुछिए । आर्दश आइटी पृष्ठभूमिका नभए पनि उनलाई आइटी महाशाखामा नियुक्त गरिएको थियो । त्यही पदमा कार्यरत रहँदा नै उनलाई प्रधानन्यायाधीशको निजी सचिवालयमा तानिएको थियो ।

बिज्ञापन

पछि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको पालामा उनले निजी सचिवालयमै रहेर काम गरेका थिए । उनै श्रेष्ठलाई सुशीला प्रधानमन्त्री भएलगतै आफ्नो स्वकीय सचिव नियुक्त गरेकी थिइन । उनै कार्कीले आफू सफल हुनुमा उनै आर्दशको ठूलो भूमिका रहेको बताएकी छिन् ।श्रेष्ठले स्वकीय सचिव नियुक्त भएपछि आफ्नी श्रीमती संगीतालाई पनि असोज २ गते सहसचिव स्तरको स्वकीयका रूपमा नियुक्त गरेका थिए। सो नियुक्ति समेत विवादमा मुछिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

बिशेष