घूसको रकमले जग्गा खरिद

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी कोषको योजना प्रमुख रहेका बेला ठेकेदारबाट घूस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

बिज्ञापन

कोषको निर्माणसम्बन्धी ठेक्का लिएका व्यापारी सफिक अहमदबाट इन्जिनियर भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ लिएको आरोप अख्तियारको छ ।भट्टराईले उक्त निर्माण कम्पनीसँग नगद रकम नलिई आफूले किनेको जग्गा बिक्री गर्ने व्यक्तिको खातामा पैसा राख्न पठाएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

बिज्ञापन

भट्टराईले भक्तपुरको गुण्डुमा कित्ता नम्बर १३७४ र १३७५ को जग्गा खरिद गर्न ठेकेदार कम्पनीसँग घुस माग गरेको आरोप छ। सो रकम जग्गा बिक्रेता र जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा उक्त ठेकेदार कम्पनीलाई गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रमा ठेकेदार कम्पनीले जग्गा बिक्री गर्ने व्यक्ति र जग्गा खोजिदिने व्यक्तिको खातामा ४०/४० लाख रुपैयाँ जम्मा गर्न लगाएको उल्लेख छ।जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा गरेको रकममध्ये ३८ लाख ७ हजार दुई सय रुपैयाँ पुनः जग्गा बिक्रेताकै खातामा पठाएको उल्लेख छ।

बिज्ञापन

भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ८० लाख रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुनका साथै सोही ऐनको दफा ३ को उपदफा १ र दफा ४७ बमोजिम भट्टराईको आमा जनकनन्दनी भट्टराईको नाममा रहेको जग्गा भ्रष्टाचारजन्य कसूरबाट आर्जन गरेको देखिएको हुँदा उक्त जग्गा समेत जफतको लागि मागदाबी लिइएको विज्ञप्तिमा उल्लेख छ ।

जनकनन्दनी भट्टराईले मुख्य कसूरदार निजको छोरा सरोज भट्टराईले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको सम्पत्ति प्राप्त गर्ने प्रकृतिको मतियारको कसूर गरेको पुष्टि भएको हुँदा निज जनकनन्दनी भट्टराईलाई विगो ८० लाख कायम भएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम हुने कैद सजायलाई आधार मानी निजलाई सोही ऐनको दफा २२ बमोजिमको प्रतिबन्धात्मक वाक्यांश अनुसार मुख्य प्रतिवादी सरोज भट्टराईलाई हुने सजाय सरह नै मागदावी लिइएकोछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष