घूसको रकमले जग्गा खरिद

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी कोषको योजना प्रमुख रहेका बेला ठेकेदारबाट घूस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

बिज्ञापन

कोषको निर्माणसम्बन्धी ठेक्का लिएका व्यापारी सफिक अहमदबाट इन्जिनियर भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ लिएको आरोप अख्तियारको छ ।भट्टराईले उक्त निर्माण कम्पनीसँग नगद रकम नलिई आफूले किनेको जग्गा बिक्री गर्ने व्यक्तिको खातामा पैसा राख्न पठाएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

बिज्ञापन

भट्टराईले भक्तपुरको गुण्डुमा कित्ता नम्बर १३७४ र १३७५ को जग्गा खरिद गर्न ठेकेदार कम्पनीसँग घुस माग गरेको आरोप छ। सो रकम जग्गा बिक्रेता र जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा उक्त ठेकेदार कम्पनीलाई गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रमा ठेकेदार कम्पनीले जग्गा बिक्री गर्ने व्यक्ति र जग्गा खोजिदिने व्यक्तिको खातामा ४०/४० लाख रुपैयाँ जम्मा गर्न लगाएको उल्लेख छ।जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा गरेको रकममध्ये ३८ लाख ७ हजार दुई सय रुपैयाँ पुनः जग्गा बिक्रेताकै खातामा पठाएको उल्लेख छ।

बिज्ञापन

भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ८० लाख रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुनका साथै सोही ऐनको दफा ३ को उपदफा १ र दफा ४७ बमोजिम भट्टराईको आमा जनकनन्दनी भट्टराईको नाममा रहेको जग्गा भ्रष्टाचारजन्य कसूरबाट आर्जन गरेको देखिएको हुँदा उक्त जग्गा समेत जफतको लागि मागदाबी लिइएको विज्ञप्तिमा उल्लेख छ ।

जनकनन्दनी भट्टराईले मुख्य कसूरदार निजको छोरा सरोज भट्टराईले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको सम्पत्ति प्राप्त गर्ने प्रकृतिको मतियारको कसूर गरेको पुष्टि भएको हुँदा निज जनकनन्दनी भट्टराईलाई विगो ८० लाख कायम भएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम हुने कैद सजायलाई आधार मानी निजलाई सोही ऐनको दफा २२ बमोजिमको प्रतिबन्धात्मक वाक्यांश अनुसार मुख्य प्रतिवादी सरोज भट्टराईलाई हुने सजाय सरह नै मागदावी लिइएकोछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुनविपरीत गृहजिल्लाको सिडिओ बनेकी स्किमको चुरीफुरी

सहरीमा बेमौसमी सरुवा

कुलिङ पिरियडका कारण प्रधानमन्त्रीबाट हप्की खाएका मन्त्री भन्छन्,निजामती विद्येयकमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा, योजना र ठेक्का प्रक्रियामा अनियमितताको आरोप

इजरायलस्थित नेपालीहरूको सुरक्षामा सहयोग गर्ने इजरायली प्रतिबद्धता : वैदेशिक रोजगार विभाग र इजरायली राजदूतबीच वार्ता

उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

सेवा निबृत्त कर्मचारीको माग पुरा गर्न पेशागत महासंघको आग्रह

बिशेष