घूसको रकमले जग्गा खरिद

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी कोषको योजना प्रमुख रहेका बेला ठेकेदारबाट घूस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

बिज्ञापन

कोषको निर्माणसम्बन्धी ठेक्का लिएका व्यापारी सफिक अहमदबाट इन्जिनियर भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ लिएको आरोप अख्तियारको छ ।भट्टराईले उक्त निर्माण कम्पनीसँग नगद रकम नलिई आफूले किनेको जग्गा बिक्री गर्ने व्यक्तिको खातामा पैसा राख्न पठाएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

बिज्ञापन

भट्टराईले भक्तपुरको गुण्डुमा कित्ता नम्बर १३७४ र १३७५ को जग्गा खरिद गर्न ठेकेदार कम्पनीसँग घुस माग गरेको आरोप छ। सो रकम जग्गा बिक्रेता र जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा उक्त ठेकेदार कम्पनीलाई गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रमा ठेकेदार कम्पनीले जग्गा बिक्री गर्ने व्यक्ति र जग्गा खोजिदिने व्यक्तिको खातामा ४०/४० लाख रुपैयाँ जम्मा गर्न लगाएको उल्लेख छ।जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा गरेको रकममध्ये ३८ लाख ७ हजार दुई सय रुपैयाँ पुनः जग्गा बिक्रेताकै खातामा पठाएको उल्लेख छ।

बिज्ञापन

भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ८० लाख रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुनका साथै सोही ऐनको दफा ३ को उपदफा १ र दफा ४७ बमोजिम भट्टराईको आमा जनकनन्दनी भट्टराईको नाममा रहेको जग्गा भ्रष्टाचारजन्य कसूरबाट आर्जन गरेको देखिएको हुँदा उक्त जग्गा समेत जफतको लागि मागदाबी लिइएको विज्ञप्तिमा उल्लेख छ ।

जनकनन्दनी भट्टराईले मुख्य कसूरदार निजको छोरा सरोज भट्टराईले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको सम्पत्ति प्राप्त गर्ने प्रकृतिको मतियारको कसूर गरेको पुष्टि भएको हुँदा निज जनकनन्दनी भट्टराईलाई विगो ८० लाख कायम भएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम हुने कैद सजायलाई आधार मानी निजलाई सोही ऐनको दफा २२ बमोजिमको प्रतिबन्धात्मक वाक्यांश अनुसार मुख्य प्रतिवादी सरोज भट्टराईलाई हुने सजाय सरह नै मागदावी लिइएकोछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बोलबम घटनापछि सुनसरीका सीडीओ बासुदेव घिमिरे र प्रहरी प्रमुख हटाइने तयारी

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

बिशेष