रास्वपाको दुई तिहाइ पुग्न २ सिट कम, फेरि प्रचण्ड नै निर्णायक

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतमा १२५ सिट प्रत्यक्ष जितेको रास्वपाले समानुपातिकतर्फ थप ५७ सिट थपेको छ ।

बिज्ञापन

समानुपातिकतर्फको मतगणनाको अन्तिम परिणाम अनुसार, रास्वपाले ५७ सिट, कांग्रेसले २० सिट, एमालेको १६ सिट, नेकपाको ९ सिट तथा श्रम संस्कृति र राप्रपाको चार चार सिट थप्ने भएका हुन । सिट प्राप्त गर्ने देखिन्छ । यो परिणाम प्राप्त मतको आधारमा हो । प्रतिनिधिसभामा रहेको २७५ सदस्यमध्ये दुई तिहाइ पुग्न १८४ सिट चाहिन्छ । अहिले १८२ सिट पाएको रास्वपालाई दुई तिहाइ पुग्न २ सिट अपुग हुने देखिएको छ । यस्का लागि प्रचण्ड नै फेरि निर्णायक हुने देखिएको छ ।

बिज्ञापन

गणतन्त्र प्राप्त पछि नेपालमा पहिलो पटक संविधानको धारा संविधानको धारा ७६ (१) अनुसार सरकार बन्दैछ । यसरी दुई तिहाई बहुमत २०१५ सालमा कांग्रेसले पाएको थियो । त्यसपछि अहिले नै हो, कुनै एउटा दलले दुई तिहाई बहुमत पाएको । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले १०९ सिटमध्ये ७४ सिट जितेर दुई तिहाइ ल्याएको थियो । त्यसयता कुनै पनि दलले यो सफलता दोहोर्याउन सकेका थिएनन् । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सिटमा जित निकालेको छ झण्डै ५० लाख मत कटाएर ५७ सिट पाउने पक्का भइसकेको छ । संविधान अनुसार,सरकार गठन गर्न आवश्यक १३८ सिट आवश्यक हुन्छ । रास्वपाले झण्डै दुई तिहाइ नजिक १८२ सिट पाइसकेको छ ।

अब धेरैलाई लाग्न सक्छ सम्झौता अनुसार वालेन प्रधानमन्त्री भए पछि दुई तिहाइ बहुमत प्राप्त आगामी वालेन सरकारले वर्तमान संविधान फाल्न,राष्ट्रपति,उपराष्ट्रपति परिवर्तन गर्न,प्रदेश संरचना खारेज गर्न सक्छ कि सक्दैन ? नेपालको संसद प्रतिनिधिसभा र राष्ट्रिय सभा मिलेर बनेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ गरी कुल ३३४ संघीय सांसदहरु हुन्छन् । राष्ट्रिय सभामा रास्वपाको उपस्थिति शून्य छ । त्यसैले प्रतिनिधिसभाममा दुई तिहाइ आयो भने पनि समग्र संसदमा भने हुनेछैन । हाम्रो संविधान हेर्ने हो भने संसदको संख्याको बलमा संविधान संशोधन गर्नेदेखि राष्ट्र प्रमुख र संवैधानिक आयोगका पदाधिकारीलाई महाअभियोग लगाउन समेत सकिन्छ ।
संविधानको धारा १०१ (२) अनुसार, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य तथा संवैधानिक निकायका प्रमुख÷अधिकारीहरूको महाभियोग प्रस्ताव प्रतिनिधिसभाको एक चौथाई (६९ सदस्य)ले ल्याउन सक्छन् । यो प्रतिनिधिसभाकै दुई तिहाइ बहुमत (१८४)ले पारित गर्न सकिन्छ । यसको मतलव सरकारले प्रतिपक्षको सहयोगबिना नै न्यायपालिका र संवैधानिक निकायलाई हटाउन सक्छ । धारा ९१(६)(ग) अनुसार, सभामुख वा उपसभामुखको आचरण अनुपयुक्त ठहर गरी प्रतिनिधिसभाको दुई तिहाइले हटाउन सक्छ ।

बिज्ञापन

रास्वपाले दुई तिहाइ ल्याएमा चाहेको बेला सभामुख÷उपसभामुख परिवर्तन गर्न भने सक्नेछ । तर राष्ट्रपति/उपराष्ट्रपति फेरिहाल्न सक्ने संवैधानिक व्यवस्था छैन । यस्तै,संविधान संशोधनमा राष्ट्रिय सभाको समर्थन आवश्यक देखिन्छ । जहाँ रास्वपाको उपस्थित शून्य छ । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेश केन्द्रित दलका प्रतिनिधिहरु छन् । यही फागुनदेखि मन्त्रिपरिषदले नियुक्त गर्ने ३ जना सदस्यको सिट खाली हुन्छ । त्यही ३ सिटमा रास्वपा सरकारले आफू अनुकुलका व्यक्ति नियुक्त गर्न सक्नेछ । तर ५९ सदस्यीय राष्ट्रियसभामा ३ सिट निर्णायक हुँदैन । संविधानको धारा १०१ मा महाअभियोग लगाउन सकिने व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिले संविधान र कानुनको गम्भीर उल्लंघन गरेको भनेर संसदले उनलाई महाअभियोग लगाउन सक्छ । तर त्यस्तो महाअभियोग प्रस्ताव संघीय संसदको दुबै सदनको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित हुनुपर्छ । यस्का अलवा संविधान संशोधनको कुरा पनि जोड तोडका साथ उठेको छ ।

संविधान संशोधन गर्न पनि रास्वपा एक्लैले चाहेर वा तल्लो सदनले मात्र चाहेर सम्भव हुँदैन । यस्तो स्थितिमा फेरि शक्तिको केन्द्रमा पुगेका छन् नेकपाका अध्यक्ष प्रचण्ड । यस अघि म्याजिक नम्बरका कारण चर्चामा आइरहेका प्रचण्डले हालैमात्र संख्या र नम्बरका कारण कसैलाई नहेप्न टिप्पणी गरेका छन् । संसदको चौथो शक्तिमा खुम्चिएका नेकपालाई विश्वासमा नलिइ विभिन्न संवैधानिक नियुक्तिको लागि संवैधानिक परिषद्मा बहुमत पु¥याउनसमेत रास्वपालाई सकस छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा बहुमत पु¥याउन रास्वपा नेतृत्वको सरकारलाई सहज छैन । रास्वपाले एमालेसँग साझेदारी गर्न सक्ने सम्भवना कम रहेको रहेको छ भने काँग्रेससँग पनि सत्तासमीरण वा साझेदारी हुने सम्भवना कम नै रहेको देखिन्छ । त्यही कारण चुनाव रास्वपाले जिते पनि चर्चामा छन्,उनै पुष्पकमल दाहाल ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

बिशेष