रातो पासपोर्ट फिर्ता गरे अर्थमन्त्री रामेश्वर खनालले

काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल ले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।

बिज्ञापन

अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले उनले उक्त राहदानी परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा बुझाएको जानकारी दिएका हुन्।

बिज्ञापन

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी नम्बर डीए०००२७१० फिर्ता गरिदिन अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई अनुरोध गरेको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन् कि अर्थमन्त्रीका रूपमा प्रयोग गर्न उपलब्ध गराइएको राहदानीको प्रयोजन सकिएकाले सो राहदानी विभागमा बुझाइदिन आग्रह गर्दै राहदानी संलग्न गरिएको छ।

बिज्ञापन

जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकार मा सुशीला कार्की को नेतृत्वमा बनेको मन्त्रिपरिषद्मा खनाल अर्थमन्त्रीका रूपमा कार्यरत छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

बिशेष