बागमती प्रदेशका ३१ निर्वाचन क्षेत्र रास्वपाले बढार्दा रसुवाले पत्याएन

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अप्रत्यासित मत ल्याएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये १२० स्थानमा जित निकालेको छ भने ५ ठाउँमा अग्रस्थानमा छ । स्थापनाको तीन वर्षमै पुरानो पार्टीलाई नराम्ररी धुलो चटाउँदै रास्वपाले ल्याएको मतलाई धेरैले ‘व्हिम’ र ‘घण्टीको लहड’ भनेका छन् ।

बिज्ञापन

अहिले देशभरमा रास्वपाले अभूतपूर्व दुईतिहाईको जनमत ल्याउने छनक देखाइरहँदा बागमती प्रदेशको एउटा यस्तो जिल्ला जसले भने रास्वपालाई अनुमोदन गरेन । संसदीय निर्वाचनमा शर्मनाक हार ब्यहोरे पनि नेपाली कांग्रेसले सातै प्रदेशमा १७ सिट जितेको छ। प्रत्यक्षतर्फ १६५ मा १७ सीट मात्र जित्दा कांग्रेस सबै प्रदेशमा निल हुनबाट जोगिएको हो। जस अनुसार,सो पार्टीका तर्फबाट उमेद्धार बनेका रौतहटका फिरदोश आलम २९,५२८ मत ल्याएर विजयी भएका छन् । मधेस प्रदेशमा क्लिनस्वीप गर्न कांग्रेसले रोकेको छ। ३२ वटा निर्वाचन क्षेत्र मध्ये ३० मा रास्वपाले जित्दा रौटहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित भएका छन्।

बिज्ञापन

यस्तै कपिलवस्तु तीनबाट अभिषेकप्रताप शाह २३ हजार ५३५ मत सहित बिजयी भएका छन् । उता,जाजरकोट १ बाट खड्कबहादुर बुढाले २० हजार १४२ मत ल्याएर विजयी भएका छन् । यस्तै पाल्पा १ बाट सन्दीप रानाले १८ हजार ३३६ मत ल्याएर विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार,पाँचथर १ बाट नरेन्द्रकुमार केरुङ १७ हजार २३३,बाजुरा १ बाट जनकराज गिरीले १७,१७३ मत पाएर संसदीय यात्रा तय गरेका छन । यस्तै पूर्णब हादुर खड्काका भाइ भरतबहादुर खड्काले डोटी १ बाट १४ हजार ८९७ मत ल्याएर विजयी हुँदा प्रकासिंह कार्कीले सोलुखुम्बु १ बाट १३ हजार १६६ मत ल्याएर काँग्रेसको नाक जोगाइदिएका छन् ।

यस अघि स्थानीय तहको निर्वाचनमा पारिजत बासना थापाले दैलेख १बाट १२ हजार ३७२ मत पाएर संसदीय यात्रा तय गर्दा तेह्रथुमबाट सन्तोष सुब्बाले ११ हजार ५६१ मत पाएर विजयी भएका छन् । उता भीम रावललाई हराउँदै भरतकुमार स्वारले अछाम १ बाट विजयी भएका छन् भने हिमाली जिल्ला रसुवाबाट मोहन आचार्यले
१० हजार ६५६ मत प्राप्त गरी तेस्रो पटक संसदीय यात्रा तय गरेका छन् । बागमती प्रदेशका ३३ सिटमा पनि कांग्रेस निल हुनबाट जोगिएको छ। कांग्रेसबाट रसुवामा मोहन आचार्य निर्वाचित भएका हुन । उनको प्रमुख प्रतिद्धन्दी रास्वपाका वसन्त भट्ट त्यहाँ ५ हजार ५७१ मत मात्र प्राप्त गरेका थिए । राजधानीका काठमाडौँ, ललितपुर र भक्तपुरलाई छोड्ने हो भने बागमती प्रदेशका १० जिल्लामा १८ निर्वाचन क्षेत्र छन्। चितवनमा ३, मकवानपुर, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेमा २–२ वटा निर्वाचन क्षेत्र रहेका छन् । यस्तै दोलखा, रामेछाप र रसुवामा १–१ छन् । यी सहित गरी यो प्रदेशभित्र १३ जिल्लाका ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । जहाँ ३१ वटा निर्वाचन क्षेत्रमा रास्वपाले क्लिन स्विप गर्दा रसुवा जिल्ला र सिन्धुपाल्चोकको एउटा निर्वाचन क्षेत्रमा मात्र काँग्रेस र माओवादीका उमेद्धार विजयी भएका छन् ।

बिज्ञापन

उता, गण्डकी प्रदेशका १८ सिटमा रास्वपाले १३ सिट जित्दा मनाङ र मुस्ताङ जितेर कांग्रेस निल हुनबाट रोगिएको छ। जहाँ टेकबहादुर गुरुङ ७१ वर्षको उमेरमा पनि मनाङ १बाट फेरि संसदीय राजनीति गर्ने भएका छन् ।

प्राप्त मत परिणाम हेर्दा काँग्रेसले कोशी प्रदेशका २८ निर्वाचन क्षेत्र मध्ये पाँचथर, सोलुखुम्बु र तेह्रथुम गरी ३ सिट जितेको छ। कांग्रेसबाट मुगुमा खड्कबहादुर शाही, जाजरकोटमा खड्गबहादुर बुढा, हुम्लामा जयपती रोकाया, दैलेख१ मा बासना थापा र सुर्खेत १ मा विष्णुबहादुर खड्का निर्वाचित भएका छन्। यस्तै,कांग्रेसबाट अछाम–१ मा भरतकुमार स्वार, डोटीबाट भरत खड्का र बाजुराबाट जनक गिरी निर्वाचित भएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पद रिक्त, नयाँ नियुक्ति प्रक्रिया अझै सुरु भएन

पेरूको राजनीतिक अस्थिरता र फुजिमोरीको निरंकुशता

अमरेश सिंहको गगन थापालाई खुल्लापत्र: चुनावका तीता कुरा बिर्सेर देश निर्माणमा लागौँ

यस्तो १६ निर्वाचन क्षेत्र : कतै ५० हजारको मतान्तर,कतै ५ मत अन्तरले हार जित

समानुपातिकमा ७६ लाख बढी मतगणना : यही अनुपात कायम रहे कुन दलले कति सिट पाउँछन् ?

बिशेष