कुलमानको पार्टीको प्रतिवद्धता : डिजिटल,पारदर्शी र जवाफदेही प्रशासन,भ्रष्टचारीलाई आजीवन प्रतिवन्ध

उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित सार्वजनिक आइतबार राजधानीमा आयोजित कार्यक्रममार्फत गरिएको घोषणापत्रमा भ्रष्टाचारी ठहर भएको व्यक्तिलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने उनेपाको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ भ्रष्टचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउनुका साथै निजको सम्पत्ति राष्ट्रियकरण गरिनेछ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै पार्टीले भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने र निजको सम्पत्ति राष्ट्रियकरण गर्ने कठोर प्रतिबद्धता जनाएको छ । साथै, मतदातालाई उम्मेदवार मन नपरे ‘नो भोट’ को विकल्प दिने विषय पनि घोषणापत्रमा समेटिएको छ । भ्रष्टचार नियन्त्रणका लागि उज्यालो हटलाइन र सूचनादाता पुरस्कार कोष स्थापना गर्ने उज्यालो नेपालले प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । भ्रष्टाचारविरूद्ध उजुरी दिने व्यक्तिलाई अदालतको अन्तिम फैसलाबाट ठहर भएको रकमको ५ प्रतिशतले हुनआउने रकम सूचनादातालाई पुरस्कारवापत उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ ।

बिज्ञापन

प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता गरेको उनेपाले सार्वजनिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने व्यवस्था गर्ने जनाएको छ ।
यस्तै सो पार्टीको प्रतिवद्धतापत्रमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेण्डालाई अघि सारिएको छ । राज्यमाथि परिरहेको आर्थिक भारलाई कम गर्न प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ कायम तथा प्रदेश सभा सदस्यको संख्या कटौती गरेर ५५० बाट ३३० कायम गर्न प्रस्ताव गरिनेछ’, पत्रमा उल्लेख छ । नागरिकलाई परिवारसँगै बसेर रोजगारी गर्न र उत्पादनमा रमाउने वातावरण सिर्जना गर्न पार्टीले ४० वर्षमुनिका युवाहरुलाई टार्गेट गरेर पार्टीले सीप विकास तालिमहरु चलाउने र प्रतिवर्ष १५ लाख रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको छ ।

बिज्ञापन

पार्टीले विश्वविद्यालयसम्मको शिक्षा निशुल्क गराउने र ‘पढ्दै कमाउने’ नीति अवलम्बन गर्ने योजना पनि अघि सारेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष