अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेल, नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

सो उद्योगको साढे ४६ करोड रुपैयाँ बराबरको तत्कालीन दुई महाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो । अख्तियारले दुई महाप्रवन्धकसँग १२ करोड ४७ लाख २२ हजार २ सय ४२ विगो माग दाबी लिएको छ भने तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह,उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी, बिक्री विभाग प्रमुख राम बहादुर जी।सी।सहितलाई जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

पौडेलविरुद्ध यस अघि भ्रष्टाचार मुद्धा चल्दा विशेष अदालतबाट सफाइ पाएका थिए । अध्ययनबिना आवश्यक नभएको सामग्री खरिद गरेको आरोपमा अख्तियारले उनीहरुमाथि २२ लाख ७८ हजार भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

सो प्रकरणमा विशेष अदालतले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनालाई गत जेठ ३१ मा सफाइ दिएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले तत्कालिन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालिन कामु उपनिर्देशक पवन कुमार कर्ण, प्रवन्धक भरत प्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रवन्धक कमलराज पौडेल र निर्देशकहरु ध्रुवबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई सफाई दिएको हो ।

बिज्ञापन

यस अघि सोही कम्पनीमा रहँदा गडबडी र बदमासी गरेको भन्दै अख्तियार लागेका उनी गत जेठमा मात्र विशेषबाट क्लिन चिट पाएका थिए । संयोग,उनले क्लिन चिट पाउनु र उनको भाइ अख्तियारमा पुग्नु,एकै पटक परेको थियो । सफाइ पाएको चार महिना पछि विष्णु पौडेल अर्थमन्त्री हुँदा उनलाई पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्ति गरिएको थियो । सफाइ पाएको चार महिना पछि नै अघिल्लो सरकारले जेनजी आन्दोलनको अघिल्लो दिन अर्थात भदौं २२ मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा नियुक्त गरेको थियो । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पौडेललाई अर्थमन्त्रालयले चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको थियो । यो मुद्धा चलेसँगै उनी निलम्बनमा परेका छन् ।

पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्टको महाप्रबन्धकको जिम्मेवारीमा थिए । २०७१ फागुनदेखि ०७५ पुस १८ सम्म उदयपुर सिमेन्ट उद्योगमा काम गरेका पौडेल त्यस पछि ०७५ पुस २३ देखि २०७८ पुस २२ सम्म निगमको कार्यकारी निर्देशक थिए । दुवै संस्थामा रहँदा फेक नाफा देखाएको आरोप उनीमाथि लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

‘लोकसेवा गुरु’को भ्रष्टाचार मुद्धामा सर्वाेच्चले औल्यायो कैफियत : विशेषमा आज सुनुवाई हुँदै

बिशेष