राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस

राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस
काठमाडौं। निर्वाचन आयोगले संवत् २०८२ साल माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको प्रतिवेदन आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष पेस गरेको छ।

बिज्ञापन

राष्ट्रपति भवन शीतल निवासमा प्रतिवेदन पेस गर्नुहुँदै आयोगका माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन परिणामको सारसंक्षेप प्रस्तुत गर्नुभयो। उहाँका अनुसार सातवटै प्रदेशसभा सदस्यतर्फ ५२९ जना मतदाता रहेकामा ४९८ जना अर्थात् ९४.१४ प्रतिशतले मतदान गरेका थिए। त्यसैगरी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखतर्फ १४८२ जना मतदाता रहेकामा १४२६ जना अर्थात् ९६.२२ प्रतिशतले मतदान गरेका थिए।

बिज्ञापन

प्रदेशसभा र स्थानीय तह गरी कुल २०११ जना मतदाता कायम भएकोमा १९२४ जना अर्थात् ९५.६७ प्रतिशतले मतदान गरेका थिए। खसेको कुल १९२४ मतमध्ये १८३१ मत (९५.१७ प्रतिशत) सदर र ९३ मत (४.८३ प्रतिशत) बदर भएको जानकारी आयुक्त भण्डारीले गराउनुभयो।

निर्वाचन परिणामको प्रतिवेदन ग्रहण गर्नुहुँदै सम्माननीय राष्ट्रपति पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद व्यक्त गर्नुभयो ।

बिज्ञापन

उक्त अवसरमा माननीय निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा., राष्ट्रपति कार्यालय र निर्वाचन आयोगका सचिवद्वय लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो : अब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बिशेष