कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

सरकारले निर्वाचन आचारसंहिता लागेपछि दुई सचिवको सरुवा गरेको छ ।

बिज्ञापन

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गत माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

बिज्ञापन

आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुने भए पनि सरकारले आचारसंहितालाई समेत लत्याएर दुइ सचिवको सरुवा गरेको हो । निर्वाचन आचारसंहितामा कर्मचारी सरुवाका काम गर्न बन्देज लगाएको भए पनि सोमबार बसेको क्याविनेट बैठकले खानेपानी सचिव रामआधार साह र विज्ञान प्रविधि सचिव विश्ववावु पुडासैनीको मन्त्रालय तथा जिम्मेवारी हेरफेर गरेको हो ।

सम्माननीय र उहाँको सचिवालयले पनि बुझे हुने नि आचारसंहिता लागेको बेला सरुवा गर्न मिल्दैन भनेर, त्यहीअनुसार सम्झाएर पठाउनुपर्नेमा जेनजीहरुको दवावमा आचारसंहिता लागू भइसककेो स्थितिमा सचिव सरुवाको फाइल अगाडि बढाइएको हो । उसो त यस अघि विज्ञान प्रविधि सचिवबाट भौतिकमा सरुवा हुन खोजेका पुडासैनीको सरुवाको निर्णय मुख्यसचिवले प्रमाणीकरण नगरिँदिदा रोकिएको थियो । उनै सचिव पुडासैनीलाई दुई सातापछि खानेपानीमा सार्ने निर्णय भएको हो ।

बिज्ञापन

उसो त पुडासैनीलाई यस अघिकै क्याविनेटले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लैजाने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशव कुमार शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुर्याइएको थियो भने उनलाई त्यहाँ शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारी तोकिएको थियो । तर, मुख्य सचिवले प्रमाणीकरण नगरेपछि दुइ सचिव सरुवाको निर्णय कार्यन्वयन हुन सकेको थिएन । दुई महिना पछि अनिवार्य अवकाशमा जान लागेका केशव शर्मा विडारीलाई मुख्यसचिव सुमनराज अर्यालले चलाउन नमानेपछि सरुवाको निर्णय प्रमाणीकरण हुन सकेको थिएन । अवकाशको मुखमा रहेका कर्मचारीको सरुवा गरिँदा गलत सन्देश जाने भन्दै उनको सरुवाको निर्णय मुख्य सचिवले प्रमाणीकरण नगरिँदा क्याविनेटको निर्णय कार्यन्वयनमा गएको थिएन ।
अहिले आचारसंहिता जारी भइसकेपछि दुई सचिव चलाइएको हो । सिंहदरबारतिर कर्मचारी सरुवा, फाइलमा अनावश्यक चासो र चलखेल नयाँ भनिएकाहरूबाट बढी हुने गरेको एक सचिवले बताए ।

‘चुनाव गराउन भनेर आउनुभएका मन्त्रीज्यूहरूको स्वार्थ के रहेछ भन्ने त देखियो नै ।’ उनै सचिव भन्छन् । कर्मचारी सरुवा, फाइलमा सुधन गुरुङ,अनिल बानिँयाहरुको समूहले अहिले सिंहदरबारका प्रशासकहरु हैरानी खेपिरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष