उपत्यकाका १२ निर्वाचन क्षेत्रको कमाण्ड महिलाको काँधमा

सरकारले काठमाडौं उपत्यकाभित्रका १२ निर्वाचन क्षेत्रको कमाण्डर महिला कर्मचारीहरुलाई तोकेको छ । काठमाडौं उपत्यकाको १० निर्वाचन क्षेत्रमध्ये ९,ललितपुरका २ र भक्तपुरको एक निर्वाचन क्षेत्रको निर्वाचन सफलतापूर्वक सम्पम्न गराउने जिम्मेवारी महिला निर्वाचन अधिकृतको काँधमा सुम्पिएको हो ।  आगामी २१ फागुनमा हुुने निर्वाचनका लागि आयोगले न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो ।

बिज्ञापन

यसरी निर्वाचन अधिकृतमा नियुक्त गर्दा काठमाडौंका दश निर्वाचन क्षेत्रमध्ये ९ वटा निर्वाचन क्षेत्र,ललितपुरका २ र भक्तपुरको एक निर्वाचन क्षेत्रको  कमाण्डर महिला रहेका छन् । सरकारले काठमाडौं क्षेत्र नम्बर ३ की मुख्य निर्वाचन अधिकृत चमिला भट्टराई,महान्यायधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता शान्ति न्यौपानेले काठमाडौँ क्षेत्र नं २ को निर्वाचन अधिकृतको भूमिकामा छिन् । यस्तै, उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारी काठमाडौँ–४ मा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाल काठमाडौँ–५ मा मुख्य निर्वाचन अधिकृत छिन् ।

बिज्ञापन

आयोगका अनुसार,उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता चपला पोखरेलले काठमाडौँ–६ मा, आन्तरिक राजस्व विभागका उपन्यायधिवक्ता सविता शर्मा काठमाडौँ–७ मा, रक्षा मन्त्रालयका उपसचिव सम्झना खनाल काठमाडौँ–८ मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव मेनुका घिमिरेमा काठमाडौँ–९ र सर्वोच्च अदालतका उपरजिस्ट्रार अमृताकुमारी शर्मामा काठमाडौँ,–१० को मुख्य निर्वाचन अधिकृतका रुपमा काम गरिरहेकी छन्।

यस्का अलवा ललितपुरका दुबै निर्वाचन क्षेत्रमा महिला नै मुख्य निर्वाचन अधिकृत छन् । यस्तै,काठमाडौँ बाहिर पर्सा–४, सिन्धुली–१, नवलपरासी, कास्की–१, मकवानपुर–१, सिन्धुपाल्चोक–२, बागलुङ–१, भक्तपुर–२ लगायतका क्षेत्रमा निर्वाचन क्षेत्रमा महिलाले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धाक, धम्की र दलालीको अन्त्य: कर्मचारीकै मुखबाट ट्रेड युनियनको कालो पाटो

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

बिशेष