डोल्पा जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारीको उल्टो यात्रा शुरु भएको छ । कार्यविधि तथा मापदण्डमा कुनै पनि सहसचिव तथा उपसचिव प्रमुख जिल्ला अधिकारी हुनका लागि कानुनमा स्नातक अर्थात अनिवार्य तीन महिने न्याय सेवाले प्रदान गर्ने तालिम लिएको हुनुपर्ने प्रावधान राखेको छ तर डोल्पाको प्रमुख जिल्ला अधिकारीका हमालको हकमा न कानुनमा स्नातक,न तीन महिने अनिवार्य तालिम नै लिएकी थिइन । यी दुबै योग्यता नभए पनि जेनजी प्रयोग गरेर मुलुकको सबैभन्दा ठूलो जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्न पुगेकी छिन्,जुनु हमाल,ढकाल ।
बिज्ञापन
गृह आफैंले बनाएको कार्यविधि र मापदण्ड विपरित जेनजीलाई प्रयोग गरेर नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेकी छिन्,गत २ माघदेखि । गृह मन्त्रालय आफैंले बनाएको कार्यविधि,मापदण्डलाई कुल्चिएर निर्वाचनको मुखमा कानुनको बिषयमा औपचारिक अध्ययन र तीन महिने तालिम समेत नलिएकी उपसचिव हमाल कार्यस्थलमा पुगेपछि अब तीन महिने तालिम लिन थालेकी छिन् । न्याय सेवा तालिम केन्द्रले दिइरहेको तालिममा जुनु पनि जोडिएकी छिन् ।
न्याय सेवा तालीम केन्द्रले बिहान ८ बजेदेखि १२ बजेसम्म तालिम दिइरहेको छ । जुममार्फत दिइरहेको सो तालिममा गृहका सहसचिव निराजन घिमिरे, महालेखा नियन्त्रक कार्यालयको सहसचिव यमुना प्रधान र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहसचिव लक्ष्मीकुमार वि क लगायत सहभागी रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी चार घण्टासम्म तालिममा व्यस्त हुँदा सेवाग्राहीहरु मारमा परेको गुनासो पोख्न थालेका छन् । अर्काेतिर २१ फागुनमा निर्वाचन हुँदैछ । शान्ति सुरक्षादेखि हरेक बिषयमा अर्लट हुनुपर्ने सिडियो नै तालिममा अल्मलिँदा राम्रो सन्देश गएको छैन । न्याय सेवा तालीम केन्द्रले सिडिओ बन्ने तालीम सञ्चालन गर्दा कार्यालयको काम समेत प्रभावित हुन थालेको गुनासो आउन थालेको हो। तालिम केन्द्रका अनुसार अहिले उपसचिव तहका ३५ कर्मचारीहरुले तालिम लिइरहेका छन् । गृहले जुम्लेली जेनजीहरुको दवाव थेग्न नसकेर गृहका अधिकारीहरुले गृह आफैंले बनाएको कार्यविधि विपरित जुनुलाई डोल्पा खटाइएको थियो । जुम्ला निवासी जुनु हमाल ढकाललाई जेनजीहरुको ठाडो दबाबमा डोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाउनकै लागि त्यहाँका प्रमुख जिल्ला अधिकारी भीम कोइरालाले सरुवा गराइएको थियो ।
बिज्ञापन
कार्यविधिमा उपसचिव वा सहसचिव प्रमुख जिल्ला अधिकारी हुनका लागि कानुनमा स्नातक गरेको वा कम्तिमा ३ महिना कानुनसम्बन्धी अनिवार्य तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको छ । गृह कर्मचारी प्रशासनमा बसेका प्रशासकहरुले जिल्ला हाँक्नका लागि प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाका अलावा कानूनी प्रक्रियाहरू पनि जान्नु पर्ने भएकाले कानूनमा स्नातक गरेको वा कानूनसम्बन्धी तीन महिना तालिमको अनिवार्य व्यवस्था गरेको छ । यस्का अलवा कुनै पनि उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटन पटन गर्दा कम्तिमा एक बर्ष गृह मन्त्रालय वा मातहत बसेर काम गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ तर हमालको हकमा यस्ता कार्यविधि केही हेरिएन ।
अघिल्लो बर्षमात्र उपसचिवमा उक्लिएकी उनी गृह प्रशासनको अनुभवविहिन कर्मचारी हुन । ०८१ सालमा मात्र उपसचिवमा उक्लिएकी उनलाई एक दिन पनि गृहमा पाइला नटेकी उद्योग मन्त्रालयबाट सिधै सिडियोको जिम्मेवारी दिएर पठाइएको हो । गृह मन्त्रालयका अधिकारीहरुका अनुसार जुनुलाई डोल्पाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको थियो ।


























