भौतिक मन्त्रालयको यात्रामा ‘ब्रेक’ लागेका सचिव दुइ सातापछि खानेपानीमा सरुवा

सरकारले दुई सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको क्याविनेट बैठकले खानेपानी सचिव रामआधार साह र विज्ञान प्रविधि सचिव विश्ववावु पुडासैनीको मन्त्रालय तथा जिम्मेवारी हेरफेर गरेको हो । यस अघि विज्ञान प्रविधि सचिवबाट भौतिकमा सरुवा हुन खोजेका पुडासैनीको सरुवाको निर्णय मुख्यसचिवले प्रमाणीकरण नगरिँदिदा रोकिएको थियो । उनै सचिव पुडासैनीलाई दुई सातापछि खानेपानीमा सार्ने निर्णय भएको हो ।

बिज्ञापन

यस अघि मन्त्रिपरिषद् बैठकले गत पुस २८ मै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशव कुमार शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुर्याइएको थियो भने उनलाई त्यहाँ शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारी तोकिएको थियो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको रूपमा कार्यरत विश्वबाबु पुडासैनीलाई भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको थियो ।

बिज्ञापन

तर, मुख्य सचिवले प्रमाणीकरण नगरेपछि दुइ सचिव सरुवाको निर्णय कार्यन्वयन हुन सकेको थिएन । दुई महिना पछि अनिवार्य अवकाशमा जान लागेका केशव शर्मा विडारीलाई मुख्यसचिव सुमनराज अर्यालले चलाउन नमानेपछि सरुवाको निर्णय प्रमाणीकरण हुन सकेको थिएन । अवकाशको मुखमा रहेका कर्मचारीको सरुवा गरिँदा गलत सन्देश जाने भन्दै उनको सरुवाको निर्णय मुख्य सचिवले प्रमाणीकरण नगरिँदा क्याविनेटको निर्णय कार्यन्वयनमा गएको थिएन ।

मुख्यसचिवले निर्णय प्रमाणीकरण नगरिदिँदा विज्ञान तथा प्रविधि मन्त्रालयबाट भौतिक मन्त्रालयको यात्रामा ब्रेक लागेका सचिव विश्ववावु पुडासैनी अहिले खानेपानीमा पुगेका हुन । यस पटक उनलाई खानेपानीमा लैजान प्रधानमन्त्रीका निजी सचिव आर्दश श्रेष्ठहरुको जोडबल रहेको चर्चा छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो : अब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बिशेष