यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलसहित सम्बन्धित निकायमाथि कडा कारबाही थालेको छ।

बिज्ञापन

अख्तियारले चाबहिल यातायात कार्यालयका कार्यालय प्रमुख पेशलकुमार पोखरेल (नवौं तह) सहित १७ जना कर्मचारीको २५ थान मोबाइल फोन नियन्त्रणमा लिएको छ। यसै प्रकरणमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित तीन जना ट्राफिक प्रहरीको मोबाइल समेत जफत गरिएको छ।

बिज्ञापन

कर्मचारीहरूले बिचौलियामार्फत सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा फेल भएकाहरू खोजेर प्रत्येक व्यक्तिसँग ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँ संकलन गरेको आरोप छ। यसरी रकम संकलन गरी ३ महिना अवधि नपुग्दै फेरि आवेदन दर्ता गरी लिखित परीक्षा दिन लगाएर भ्रष्टाचार गरेको भन्ने सूचना अख्तियारले पाएको हो।उक्त सूचना पाएपछि अख्तियारको टोलीले छापा हानेको हो।अख्तियार प्रवक्ता सुरेश न्यौपानेले पनि टोली कार्यालय पुगेको पुष्टि गरे।

अनुसन्धानको दायरामा निजी क्षेत्र पनि तानिएको छ। नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित सात जनाबाट नौ थान मोबाइल फोन नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

बिज्ञापन

अख्तियारले लिखित परीक्षा दिई असफल भएका परीक्षार्थीले कानुनले तोकेको तीन महिनाको अवधि नपुगी पुनः परीक्षामा सहभागी भएको प्रमाणका रूपमा उनीहरूको उत्तरपुस्तिका समेत जफत गरेको छ।

प्रारम्भिक अनुसन्धानमा कर्मचारी, ट्राफिक प्रहरी र निजी संस्थाबीचको मिलेमतोमा पाँच हजारदेखि दश हजार रुपैयाँसम्म असुली गरी लिखित परीक्षामा फेल भएकालाई पास गराइएको आशंका देखिएपछि मोबाइल जफत गरिएको अख्तियारको भनाइ छ।घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र दोषी देखिए कानुनअनुसार कडा कारबाही हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष