आठौं तहका अधिकृतसँग पौने सात करोड अवैद्य सम्पत्ति,श्रीमतीलाई समेत अख्तियारले बनायो प्रतिवादी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत आठौं तहका एक कर्मचारी र उनका पत्नीलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले तत्कालीन बरिष्ठ इन्जिनियर र उनका पत्नीलाई प्रतिवादी बनाएर ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ ९४ पैसा अकुत आर्जनको मुद्धा चलाएको हो ।
यसरी मुद्धा लागेका इन्जिनियर हुन भरत आचार्य । ४८ सालबाट सरकारी सेवामा पाइला राखेका अचार्य ०८० असार ६ गतेसम्मको अवधिमा पौने सात करोड सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगका अनुसा यो अवधिमा उनीसँग १० करोड २९ लाख ९९ हजार २२६ रूपैयाँ र १२ आम्दानी देखिएको र सोमध्ये ३ करोड ५१ लाख ८ हजार २१० रूपैयाँ १८ पैसा वैद्य देखिएको र बाँकीको स्रोत नखुलेका कारण उनी र उनको श्रीमतीलाई समेत प्रतिवादी बनाएर अख्तियार विशेषमा पुगेको हो ।

सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती लिली सुबेदीको नाममा सम्पत्ति खरिद गरेको देखिँदा आचार्य र उनको श्रीमतीसुवेदी उपर आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । आयोगले आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ र ९४ पैसा बिगो कायम गरिएको छ भने कैद र जरिवाना गरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुनसमेत मागदाबी लिइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

कर्मचारीतन्त्रमा आमूल सुधारको प्रस्ताव : मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि राख्ने सुझाव

सुशासन ब्लुप्रिन्ट : नागरिकको हातमा सरकारका अवसर र चुनौतीहरु

बिशेष