शंकास्पद् गतिविधि गर्ने अमेरिकन र चिनियाँ नागरिक पक्राउ

नेपालमा बसेर शङ्कास्पद गतिविधि गरेको आरोपमा एक चिनियाँ र अर्काे एक अमेरिकन नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले चाबहिलबाट चिनिँया नागरिक र अमेरिकन नागरिकलाई ठैवबाट पक्राउ गरेको हो ।

बिज्ञापन

पकनाजोलमा फ्ल्याट लिएर बस्दै आएका चिनियाँ नागरिक २०१२ मा पर्यटक भिसामा नेपाल आएको र त्यसपछि १३ पटक व्यावसायिक भिसा लिएको भेटिएको छ । ६ वटा कम्पनीहरु यान सपिङ होटल एण्ड रेस्टुरेन्ट प्रालि, होल विथ रेस्टुरेन्ट यान, झोँङविन इन्टरनेशनल कार्गो कम्पनी, मोय यीङ होटल विथ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फर्मेसन टेक्नोलोजी र शाव जिअसुन होटल विथ रेस्टुरेन्ट स्थापना गरेर व्यावसायिक भिसा लिए पनि उनले विभिन्न विद्यालयहरूमा अध्यापन गर्दै आएको भेटिएको छ । पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने व्यवस्था छ ।

बिज्ञापन

यस्तै, अमेरिकी नागरिक २०१७ मा पहिलो पटक नेपाल प्रवेश गरी सन् २०२० मा पुनः नेपाल आएर उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्याल्भेरी सर्भिस सेन्टर प्रालि नामको कम्पनी स्थापना गरेका थिए । सो कम्पनीको ठेगाना ललितपुरका सैंबुमा उल्लेख गरेको भेटिएको छ । उनले ललितपुरको गोदावरीमा बालगृह सञ्चालन गरेको र बालबालिकालाई क्रिस्चियन धर्म प्रचारमा लगाउने गरेको विभागको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बालगृहसम्बन्धी आधिकारीक बोर्ड नभएको, उक्त भवनमा आर्थिक अवस्था कमजोर भएका १२ जना वालिकाहरुलाई आश्रय दिएर राखेको र क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराउने गरेको प्रारम्भित्र अनुसन्धानमा खुलेको छ ।

भिसाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधिमा संलग्न रहेको विभागको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागका निर्देशक टिकाराम ढकालले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष