शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

गृह मन्त्रालयको शाखा अधिकृत हुँ भन्ने दाबी गर्दै नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको संवेदनशील व्यक्तिगत तथ्यांक लिन खोज्ने एक युवक पक्राउ परेका छन्। तनहुँका कृष जिसीलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाएको हो।

बिज्ञापन

शुक्रबार निजामती पोसाकमै उपस्थित भएका जिसीले आफू ब्याच ३७ का शाखा अधिकृत भएको र पछिल्ला चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत रहेको परिचय दिएका थिए। तर, प्रारम्भिक जाँचमै उनको परिचय शंकास्पद देखिएको अध्यागमन स्रोतले जनाएको छ।

बिज्ञापन

अनुसन्धान अनुसार जिसीले विगत सात महिनादेखि गृह मन्त्रालयका अधिकृतको नक्कली परिचयपत्र प्रयोग गरी काठमाडौँको एक प्रतिष्ठित होटलसँग सम्पर्क बढाएका थिए। होटल व्यवसायीलाई ठगी गरेर फरार भएकी एक महिलाबाट रकम असुली गरिदिने भन्दै होटलका बाउन्सरले सहयोग मागेपछि उनी त्यसैलाई आधार बनाएर अध्यागमन कार्यालय पुगेका थिए।

कार्यालयमा पुगेपछि जिसीले ती महिलाको वैदेशिक यात्रा रोक्का गरिदिने, अध्यागमनको कालोसूचीमा राखिदिने जस्ता प्रलोभन देखाउँदै राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए। यही अस्वाभाविक गतिविधिले अध्यागमनको इन्टेलिजेन्स र प्रशासन शाखाको ध्यान तान्यो।

बिज्ञापन

अध्यागमनका निर्देशक टीकाराम ढकालका अनुसार जिसीले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको नक्कली परिचयपत्रसमेत प्रयोग गरेको खुलेको छ। उनका परिचयपत्रमा उल्लेख गरिएको कर्मचारी संकेत नम्बर नै अस्वाभाविक देखिएपछि थप छानबिन गरिएको थियो।

घटनामा साथ आएका होटलका बाउन्सरलाई भने सामान्य सोधपुछपछि छाडिएको अध्यागमनले जनाएको छ। प्रहरी परिसर भद्रकालीमा बुझाइएका जिसीमाथि नक्कली कागजात प्रयोग, ठगी प्रयास र सरकारी निकायको दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

बिशेष