स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको नेतृत्वमा नयाँ जिम्मेवारी तोकिएको छ।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले ४ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. चुमनलाल दासलाई उक्त महाशाखाको प्रमुखको जिम्मेवारी सुम्पेकी हुन्। मन्त्रालय स्रोतका अनुसार यस निर्णयसँगै नीति निर्माण, योजना तर्जुमा र अनुगमनका मुख्य कामको नेतृत्व अब डा. दासले गर्नेछन्।

बिज्ञापन

यसअघि मन्त्रालयमै फाजिलमा रहेका डा. दास नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिए। जिम्मेवारी सम्हाल्दै उनले नीतिगत सुधार र कार्यसम्पादन सुदृढीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। “आजबाट नीति–योजनाको जिम्मेवारी सम्हालेको छु, आफ्नो कार्यकालमा सकेसम्म सुधारको प्रयास गर्नेछु,” उनले बताए।

यसअघि उक्त महाशाखाको प्रमुख रहेका डा. कृष्णप्रसाद पौडेललाई भने स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। मन्त्रालयभित्रै भएको यो पुनःव्यवस्थापनलाई स्वास्थ्य क्षेत्रको नीतिगत कार्यान्वयनलाई थप प्रभावकारी बनाउने कदमका रूपमा हेरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष