प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

दाङ/बाँके । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी कानुनी कारबाहीको घेरामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिज्ञापन

आयोगका अनुसार केसी बाँकेको मालपोत कार्यालयमा अधिकृत रहँदा सार्वजनिक जग्गा निजी स्वामित्वमा लैजान भूमिका खेलेको आरोप छ। सोही प्रकरणमा आयोगले केसीसँग २२ लाख ४२ हजार ७ सय २० रुपैयाँ बिगो दाबी गरेको छ।

बिज्ञापन

उक्त मुद्दामा केसीसहित नौ जना प्रतिवादी बनाइएका छन्। प्रतिवादी सूचीमा तत्कालीन मालपोत अधिकृत अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल र कर्णबहादुर पुन, साबिक बेतहनी गाविसका सचिव मानबहादुर बोगटी, डुडुवा गाउँपालिका–२ का लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मी लगायत रहेका छन्।
आयोगले सरकारी सम्पत्तिको संरक्षणमा लापरवाही तथा अधिकारको दुरुपयोग गरी निजी लाभ लिइएको निष्कर्षसहित आजै मुद्दा दायर गरेको जनाएको छ। अदालतको निर्णयपछि दोषी ठहर भएमा कानुनअनुसार सजाय र बिगो असुलउपर हुने आयोगको भनाइ छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

बिशेष