भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयका कार्यालय प्रमुखसहित नायब सुब्बा (नासु) र खरिदारको सरुवा गरेको छ। मन्त्रालयका मन्त्री प्रा. डा. कुमार इङ्नामको निर्देशनमा सरुवा गरिएको हो।
बिज्ञापन
कर्मचारी प्रेसले प्राप्त गरेको विवरणअनुसार मालपोत कार्यालय भद्रपुर, झापाका कार्यालय प्रमुख लेवन काश्यप अधिकारीलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सरुवा गरिएको छ।
त्यस्तै, सिन्धुपाल्चोक मालपोत कार्यालयका कार्यालय प्रमुख सुवास श्रेष्ठलाई भद्रपुर, झापा पठाइएको छ भने भक्तपुर मालपोत कार्यालयका कार्यालय प्रमुख माधवप्रसाद घिमिरेलाई सिन्धुपाल्चोक मालपोत कार्यालयमा खटाइएको छ।
यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा कार्यरत काज्ञानाथ ढकाललाई बुटवल मालपोत कार्यालयमा पठाइएको छ। दोलखा मालपोत कार्यालयमा कार्यरत राजेन्द्र पौडेललाई कावसेती मालपोत कार्यालयमा सरुवा गरिएको छ।
बिज्ञापन
मन्त्रालयले नायब सुब्बा र खरिदारको समेत सरुवा गरेको छ। विवरणअनुसार चाबहिल मालपोत कार्यालयका नायब सुब्बा प्रकाश आचार्यलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा,भक्तपुर मालपोत कार्यालयका नायब सुब्बा डम्बर कार्कीलाई नापी तालिम केन्द्र, धुलिखेलमा,सोही कार्यालयका खरिदार दीपक कोइरालालाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा,मालपोत कार्यालय डिल्लीबजारका नायब सुब्बा मोहन भण्डारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा, साँखु मालपोत कार्यालयका नायब सुब्बा रामेश्वर कुइकेललाई सहकारी व्यथिति स्थितिमा सरुवा गरिएको छ।
त्यस्तै, शाखा अधिकृत मुक्तिनन्दन रावललाई मन्त्रालयमै पदस्थापन गरिएको छ भने महालक्ष्मी बुढालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।


























