टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

स्वास्थ्य क्षेत्रको नेतृत्वमा फेरबदल भएको छ। टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. अनुप बाँस्तोलालाई दिइएको छ।

बिज्ञापन

ट्रपिकल मेडिसिनका विज्ञ चिकित्सक डा. बाँस्तोला यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकारका रूपमा कार्यरत थिए। मन्त्रालयले अस्पतालको नेतृत्वलाई थप मजबुत बनाउने उद्देश्यले उनलाई निर्देशक नियुक्त गरेको जनाएको छ।

बिज्ञापन

टेकु अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएका छन्। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सरुवा गरेको थियो।

 

बिज्ञापन

कोभिड-१९ को समयमा टेकु अस्पतालमा निर्देशक रहेका डा. बास्तोला त्यसपछि भने विभागका विभिन्न निकायमा रहेका थिए। टेकु अस्पतालमा नै दरबन्दी रहेको बास्तोला निर्देशक पद नपाएका कारण स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि बसिरहेका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष