स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा कृष्ण पौडेलले पाएका छन् ।
बिज्ञापन
यस अघि वीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नियुक्त भएको १० महिनामै बीमा बोर्डको निर्देशकबाट राजीनामा दिएसँगै रिक्त रहेको कार्यकारी निर्देशकमा काफ्लेलाई खटाइएको हो । तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कोर टिममा बसेर काम गरेका डा काफ्लेलाई २६ फागुनमा निर्देशकको जिम्मेवारी दिइएकोमा १० महिनामै उनी राजीनामा दिएर हिडेसँगै डा पौडेललाई निमित्त कार्यकारीको जिम्मेवारी दिएर पठाएकी हुन स्वास्थ्य मन्त्री डा सुधा शर्मा ।
बीमा बोर्डको काँधमा सेवाप्रदायक संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी गर्नुपर्ने दायित्व छ । केही सरकारी अस्पतालहरुले स्वास्थ्य वीमा कार्यक्रम नै बन्द गरिसकेको अवस्था छ । त्रिवि शिक्षण अस्पतालसँग ४० करोड भुक्तानी बाँकी रहेको भन्दै यही माघ १ गतेदेखि काठमाडौं महाजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमामार्फत प्रदान गर्दै आएको सम्पूर्ण सेवा ठप्प पारेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार देशभरका ५ सय १० वटै सेवा प्रदायक अस्पतालहरूलाई साढे ११ अर्ब बढी रकम भुक्तानी गर्न बाँकी छ ।
स्वास्थ्य मन्त्री सुधा शर्माले आफूलाई असहयोग गरेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरेपछि रघुराज काफ्ले हालैमात्र राजीनामा बुझाएर हिडेपछि स्वास्थ्यमन्त्री शर्माले त्यहाँ डा कृष्ण पौडेललाई पठाएकी हुन । यस अघि मन्त्रालयका प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका पौडेल हाल स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत छन् । बोर्ड नेतृत्वविहीन हुँदा कामकाज चलाउन मन्त्री शर्माले पौडेललाई आर्थिक, प्रशासनिकसहितको जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
उसो त स्वास्थ्य मन्त्री र बोर्डको किचलोले कार्यक्रम लथालिङ्ग बन्न पुगेको छ । २०७१ सालमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका रूपमा सुरु भएको कार्यक्रममा अहिलेसम्म आइपुग्दा एक दर्जन नेतृत्व परिवर्तन भइसकेका छन् । विभागको पहिलो निर्देशक हुन,केदारबहादुर अधिकारीले एक वर्ष नपुग्दै राजीनामा दिए । त्यसपछि आएका श्रीकृष्ण नेपाल,डा गुणराज लोहनी,डा दामोदर बसौला,मदनकुमार उपाध्याय,रमेशकुमार पोखरेल हुँदै रघुराज काफ्ले नेतृत्वमा पुगेका थिए । काफ्ले पूर्व मन्त्री प्रदीप पौडेलका जिल्लाबासी हुन ।


























