युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारबाट राजीनामा दिएका बब्लु गुप्ताले प्रतिनिधिसभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराएका छन् । उनले सिराह क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
बिज्ञापन
गत कात्तिक ९ गते मन्त्री नियुक्त गुप्ताले हिजो बिहान प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका थिए । राजीनामापछि रास्वपाको चुनावी सभामा सहभागी भएका गुप्ता पछिल्लो समय नक्कली कार्यक्रमको लागि अमेरिका जान लागेको खबर बाहिरिएपछि विवादमा तानिएका थिए ।
गत कार्तिकमा मन्त्री नियुक्त भएका गुप्ता निर्वाचनमा सहभागी हुनका लागि भन्दै पदबाट राजीनामा दिएका थिए । गुप्ताले सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ताको तयारी गर्दैछन् । गुप्ताले यो अभियान व्यक्तिगत स्वार्थका लागि नभई सुशासन, पारदर्शिता, जवाफदेहीता र विकासमुखी राजनीति स्थापनाका लागि आफू समर्पित रहेको बताएका छन् ।
तर,उनै गुप्ताले राजीनामा दिइसक्दा समेत सरकारी सवारी साधन दुरुपयोग गरिरहेको बिषय पनि अहिले सिंहदरबारमा उठ्न थालेको छ । मन्त्री गुप्ताले प्रयोग गर्दै आएको झण्डावाल सरकारी गाडी अझैं मन्त्रालयमा फिर्ता गराएका छैनन् । मन्त्री गुप्ताले बा १ झ ८७६१ नम्बरको सरकारी गाडी प्रयोग गर्दै आएका थिए । यो सवारी त्यस अघि भूमि मन्त्री बलराम अधिकारीले चढ्दै आएका थिए ।
बिज्ञापन
मन्त्री पदबाट हिजो राजीनामा दिएका गुप्ताले झण्डावाल सरकारी गाडी अझैं फिर्ता गरेको छैनन् । युवा तथा खेलकुद मन्त्रालयका अनुसार सो गाडी गुप्ताले नै प्रयोग गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय,सिरहाले मन्त्री गुप्ताले झण्डावाल गाडी फिर्ता नदिएको पुष्टि गरेको छ । सो गाडी उनको घरमा राखेर गुप्ता उमेद्धारी दर्ता गर्न पुगेको प्रहरीको भनाई छ ।
मन्त्रीको झन्डवाल गाडी दुरुप्रयोग गर्दै जेन्जी मन्त्री उमेद्वारी दर्ता गर्न गएको बिषयमा अहिले सरकारी सम्पतीको दुरुपायोगमा पूराना नेताहरुमात्र होइन नयाँ पनि ती भन्दा केही छैनन भन्ने ढंगबाट प्रश्न उठ्न थालेको छ ।


























