उम्मेदवारी दर्ता गराउँदा समेत जेनजी मन्त्रीले फिर्ता गरेनन् सरकारी गाडी


युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारबाट राजीनामा दिएका बब्लु गुप्ताले प्रतिनिधिसभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराएका छन् । उनले सिराह क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

बिज्ञापन

गत कात्तिक ९ गते मन्त्री नियुक्त गुप्ताले हिजो बिहान प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका थिए । राजीनामापछि रास्वपाको चुनावी सभामा सहभागी भएका गुप्ता पछिल्लो समय नक्कली कार्यक्रमको लागि अमेरिका जान लागेको खबर बाहिरिएपछि विवादमा तानिएका थिए ।

बिज्ञापन

गत कार्तिकमा मन्त्री नियुक्त भएका गुप्ता निर्वाचनमा सहभागी हुनका लागि भन्दै पदबाट राजीनामा दिएका थिए । गुप्ताले सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ताको तयारी गर्दैछन् । गुप्ताले यो अभियान व्यक्तिगत स्वार्थका लागि नभई सुशासन, पारदर्शिता, जवाफदेहीता र विकासमुखी राजनीति स्थापनाका लागि आफू समर्पित रहेको बताएका छन् ।

तर,उनै गुप्ताले राजीनामा दिइसक्दा समेत सरकारी सवारी साधन दुरुपयोग गरिरहेको बिषय पनि अहिले सिंहदरबारमा उठ्न थालेको छ ।  मन्त्री गुप्ताले प्रयोग गर्दै आएको झण्डावाल सरकारी गाडी अझैं मन्त्रालयमा फिर्ता गराएका छैनन् । मन्त्री गुप्ताले बा १ झ ८७६१ नम्बरको सरकारी गाडी प्रयोग गर्दै आएका थिए । यो सवारी त्यस अघि भूमि मन्त्री बलराम अधिकारीले चढ्दै आएका थिए ।

बिज्ञापन

मन्त्री पदबाट हिजो राजीनामा दिएका गुप्ताले झण्डावाल सरकारी गाडी अझैं फिर्ता गरेको छैनन् । युवा तथा खेलकुद मन्त्रालयका अनुसार सो गाडी गुप्ताले नै प्रयोग गरिरहेका छन् ।  जिल्ला प्रहरी कार्यालय,सिरहाले मन्त्री गुप्ताले झण्डावाल गाडी फिर्ता नदिएको पुष्टि गरेको छ । सो गाडी उनको घरमा राखेर गुप्ता उमेद्धारी दर्ता गर्न पुगेको प्रहरीको भनाई छ ।

मन्त्रीको झन्डवाल गाडी दुरुप्रयोग गर्दै जेन्जी मन्त्री उमेद्वारी दर्ता गर्न गएको बिषयमा अहिले सरकारी सम्पतीको दुरुपायोगमा पूराना नेताहरुमात्र होइन नयाँ पनि ती भन्दा केही छैनन भन्ने ढंगबाट प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष