काठमाडौँ । निर्वाचन आयोगले भोलि माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याउने भएको छ। आयोगको आज सम्पन्न बैठकले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।
बिज्ञापन
प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता सुरु हुनु एक दिनअघि नै आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने कार्यक्रम तय छ।
आचारसंहिता लागू भएसँगै चुनावी प्रचारप्रसार, उम्मेदवारका गतिविधि, सरकारका तर्फबाट गरिने नियुक्ति तथा निर्णय, साथै सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित सामग्रीको समेत निगरानी गरिनेछ।
निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको कडाइका साथ पालन गराइने जनाएको छ।


























