चीनको न्यालम–खासा सीमावर्ती वन क्षेत्रमा फैलिएको भीषण आगलागीका कारण नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।
बिज्ञापन
सुरक्षा जोखिम उच्च भएको निष्कर्षसहित चिनियाँ पक्षले नाकाबाट हुने यात्रु तथा मालवाहक सवारीसाधनको आवतजावत तत्कालका लागि रोक लगाएको हो । प्रहरीका अनुसार आइतबार राति न्यालम र खासाको बीच भाग तथा ‘छोबिन’ क्षेत्रबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो फैलँदै गएपछि सीमावर्ती क्षेत्र असुरक्षित बनेको भन्दै स्थानीय बासिन्दा, पर्यटक र सामान ढुवानीमा संलग्न सवारीसाधनलाई समेत रोकिएको छ ।
गत वर्षको बाढीले रसुवागढी नाका अवरुद्ध भएपछि नेपाल–चीनबीचको अधिकांश व्यापार तातोपानी नाकामै निर्भर थियो । तर आजदेखि नाका बन्द हुँदा आयात–निर्यातका लागि आएका कन्टेनरहरू बीचमै रोकिएपछि व्यवसायीहरू थप समस्यामा परेका छन् ।
बिज्ञापन
आगलागी नियन्त्रण र सुरक्षा अवस्था सामान्य नहुँदासम्म नाका सञ्चालन नहुने जनाइएको छ ।


























