तातोपानी नाका अनिश्चितकालका लागि ठप्प

चीनको न्यालम–खासा सीमावर्ती वन क्षेत्रमा फैलिएको भीषण आगलागीका कारण नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।

बिज्ञापन

सुरक्षा जोखिम उच्च भएको निष्कर्षसहित चिनियाँ पक्षले नाकाबाट हुने यात्रु तथा मालवाहक सवारीसाधनको आवतजावत तत्कालका लागि रोक लगाएको हो । प्रहरीका अनुसार आइतबार राति न्यालम र खासाको बीच भाग तथा ‘छोबिन’ क्षेत्रबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

बिज्ञापन

आगो फैलँदै गएपछि सीमावर्ती क्षेत्र असुरक्षित बनेको भन्दै स्थानीय बासिन्दा, पर्यटक र सामान ढुवानीमा संलग्न सवारीसाधनलाई समेत रोकिएको छ ।

गत वर्षको बाढीले रसुवागढी नाका अवरुद्ध भएपछि नेपाल–चीनबीचको अधिकांश व्यापार तातोपानी नाकामै निर्भर थियो । तर आजदेखि नाका बन्द हुँदा आयात–निर्यातका लागि आएका कन्टेनरहरू बीचमै रोकिएपछि व्यवसायीहरू थप समस्यामा परेका छन् ।

बिज्ञापन

आगलागी नियन्त्रण र सुरक्षा अवस्था सामान्य नहुँदासम्म नाका सञ्चालन नहुने जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष