अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको ठहर गर्दै नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा कार्यरत तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिज्ञापन
आयोगका अनुसार सार्वजनिक सम्पत्ति हिनामिना गरी राज्यलाई आर्थिक नोक्सानी पुर्याइएको पुष्टि भएपछि तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत चार जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गरिएको हो।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा वितरण केन्द्रमा कार्यरत रहँदा नियमविपरीत निर्णय र कार्यशैली अपनाई भ्रष्टाचारजन्य गतिविधि गरेको आयोगको दाबी छ।
अख्तियारले घटनासम्बन्धी विस्तृत अनुसन्धानपछि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ। अब उक्त मुद्दा विशेष अदालतमा विचाराधीन रहनेछ।
बिज्ञापन


























