अठार फर्ममा विभागको अनुगमन निरीक्षण

काठमाडौँ–ललितपुरको बजारमा उपभोक्ता अधिकारको अवस्था जाँच्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडाइ बढाएको छ। पछिल्लो अनुगमन क्रममा विभागको टोलीले राजधानीका विभिन्न १८ व्यवसायिक फर्मको निरीक्षण गर्दा नियमविपरीत गतिविधि भेटिएको छ।

बिज्ञापन

उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लंघन गरेको ठहर गर्दै विभागले न्यू आर ए इन्टरप्राइजेज लाई २० हजार रुपैयाँ जरिवाना गरेको छ। पेन्ट्स कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री केन्द्रित गरी गरिएको अनुगमनमा अन्य १७ फर्ममा पनि कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
विभागका अनुसार बजार अनुशासन कायम गर्ने उद्देश्यले यस्ता अनुगमनलाई नियमित बनाइएको छ। कालाबजारी नियन्त्रण, उपभोक्ता ठगी रोकथाम, वातावरण संरक्षण तथा व्यवसायिक सुधारका लागि आवश्यक कारबाहीलाई निरन्तरता दिइने बताइएको छ। उपभोक्ताको हित र बजारको पारदर्शिता सुनिश्चित गर्न आगामी दिनमा अझ सशक्त अनुगमन हुने विभागको भनाइ छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष