चित्त बुझेन फाइलै अड्काइदियो,अनि बन्छ मुलुक ?

अमनलाल मोदी,पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

बिज्ञापन

आज एउटा महत्वपूर्ण दिन हो । संविधान जारी भएको आठ बर्षसम्म संघीय निजामती सेवा ऐन जारी हुन सकेको थिएन । आज संसदमा टेबुल र बहस भएको छ । सरकारलाई धन्यवाद दिन चाहन्छु । म सामान्य प्रशासन मन्त्री हुँदा संघीय निजामती सेवा ऐन ल्याउन धेरै मेहनत गरे । मन्त्रिपरिषद्मा पास गरेर निस्कए ।

बिज्ञापन

संघीयतासँग सम्बन्धित कर्मचारीलाई व्यवस्थित गर्ने कुरामा कयौं कर्मचारीको असन्तृष्टि छ । संसदले बहस गर्नुपर्नेहुन्छ । मैले एक्लै बनाएर सक्ने स्थिति थिएन । म मन्त्री हुँदा एकल ट्रेड युनियन बनाउन खोजेको थिए । चाहे जस्तो सुकै गाली खानुपरोस । मन्त्रिपरिषद्मा पुगेर विद्येयकमा धेरै हेरफेर भएका छन् । संघीयता पछि पनि नयाँ व्यवस्था भयो । कर्मचारी पूरानै संरचनामा चलिरहेका छन् । यस्तै संरचना रहेको खण्डमा यो देशमा विदेशका सफल राजनेताहरुलाई हायर गरौं । चीन सी जिन पिङ,अमेरिकाका जे वाइडेन वा भारत मोदी नै भन्नुहोस ती नेताहरुलाई यहाँ हायर गर्ने हो भने ६ महिनामै भाग्छन् ।

एउटा अधिकृतले टिप्पणी उठाउँछ,उपसचिव,सहसचिव हुँदै कानुनका सहसचिवकहाँ पुग्छ,सचिवकोमा घुम्छ । त्यहाँबाट मन्त्रिपरिषद् हुँदै मुख्यसचिवकोमा पुग्छ । मुख्यसचिवलाई चित्त बुझेन भने फाइलै त्यही अड्कन्छ । फेरि फिर्ता भयो भने शाखा अधिकृतबाट अगाडि बढाउनु पर्दछ ।

बिज्ञापन

सेवा सुविधा पनि दिनुपर्दछ । कर्मचारीको व्यवस्थापन गर्ने कुरामा हामी चुकेका छौं । अन्तराष्ट्रिय रुपमा हेर्दा तलत्र सुविधा अत्याधिक कम छ । काठमाडौंमा बसेका छन् । ३५ हजार तलबले कोठाभाडा तिर्न पनि पुग्दैन । त्यही कारण अनियमितता पनि अत्याधिक छ । राम्रो बहस गरेर पूर्णता दिऊ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

सचिव पराजुलीको अख्तियारमा पोष्टिङ,नेपाल ट्रष्टमा दवाडी,तीन निकाय अझैं सचिवविहिन

स्थानीयदेखि प्रदेशका ४१ कार्यालयका ९३ करोड बजेट फुकुवा

चौथोदेखि दशौं तहका १७५ कर्मचारीको सरुवा (सूचीसहित)

पिक आवरमा प्रणालीमा समस्या,८५ सय ठेक्का प्रभावित

स्थानीय सेवाका चौथौंदेखि आठौं तहका ११६ कर्मचारीको सरुवा

मुख्यसचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालमै यस्तो गडबडी

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

बिशेष