चित्त बुझेन फाइलै अड्काइदियो,अनि बन्छ मुलुक ?

अमनलाल मोदी,पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

बिज्ञापन

आज एउटा महत्वपूर्ण दिन हो । संविधान जारी भएको आठ बर्षसम्म संघीय निजामती सेवा ऐन जारी हुन सकेको थिएन । आज संसदमा टेबुल र बहस भएको छ । सरकारलाई धन्यवाद दिन चाहन्छु । म सामान्य प्रशासन मन्त्री हुँदा संघीय निजामती सेवा ऐन ल्याउन धेरै मेहनत गरे । मन्त्रिपरिषद्मा पास गरेर निस्कए ।

बिज्ञापन

संघीयतासँग सम्बन्धित कर्मचारीलाई व्यवस्थित गर्ने कुरामा कयौं कर्मचारीको असन्तृष्टि छ । संसदले बहस गर्नुपर्नेहुन्छ । मैले एक्लै बनाएर सक्ने स्थिति थिएन । म मन्त्री हुँदा एकल ट्रेड युनियन बनाउन खोजेको थिए । चाहे जस्तो सुकै गाली खानुपरोस । मन्त्रिपरिषद्मा पुगेर विद्येयकमा धेरै हेरफेर भएका छन् । संघीयता पछि पनि नयाँ व्यवस्था भयो । कर्मचारी पूरानै संरचनामा चलिरहेका छन् । यस्तै संरचना रहेको खण्डमा यो देशमा विदेशका सफल राजनेताहरुलाई हायर गरौं । चीन सी जिन पिङ,अमेरिकाका जे वाइडेन वा भारत मोदी नै भन्नुहोस ती नेताहरुलाई यहाँ हायर गर्ने हो भने ६ महिनामै भाग्छन् ।

एउटा अधिकृतले टिप्पणी उठाउँछ,उपसचिव,सहसचिव हुँदै कानुनका सहसचिवकहाँ पुग्छ,सचिवकोमा घुम्छ । त्यहाँबाट मन्त्रिपरिषद् हुँदै मुख्यसचिवकोमा पुग्छ । मुख्यसचिवलाई चित्त बुझेन भने फाइलै त्यही अड्कन्छ । फेरि फिर्ता भयो भने शाखा अधिकृतबाट अगाडि बढाउनु पर्दछ ।

बिज्ञापन

सेवा सुविधा पनि दिनुपर्दछ । कर्मचारीको व्यवस्थापन गर्ने कुरामा हामी चुकेका छौं । अन्तराष्ट्रिय रुपमा हेर्दा तलत्र सुविधा अत्याधिक कम छ । काठमाडौंमा बसेका छन् । ३५ हजार तलबले कोठाभाडा तिर्न पनि पुग्दैन । त्यही कारण अनियमितता पनि अत्याधिक छ । राम्रो बहस गरेर पूर्णता दिऊ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।