कर्मचारी प्रेस समाचार प्रभाव : फेरिए उपत्यकाकाको तीन मालपोत प्रमुख

मालपोत कार्यालयभित्र हुने घुस लेनदेन,संस्थागत भ्रष्टाचार र अनियमितता सम्बन्धि समाचार कर्मचारी प्रेसमा प्रकाशन भएसँगै भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हालीरहेका मन्त्री प्रा डा कुमार इङ्नामले तीन मालपोत प्रमुखहरुको सरुवा गरिदिएका छन् ।

बिज्ञापन

यस अघि नै चाबहिल मालपोत प्रमुख दिपेन्द्र खत्रीको बदमासीको बिषयमा कर्मचारी प्रेसले समाचार लेखे लगतै उनलाई स्पष्टीकरणमात्र सोधिएन कि जिम्मेवारीबाट समेत हटाइएको छ । त्यहाँ अहिले भोजराज श्रेष्ठलाई कार्यालय प्रमुखको रुपमा खटाइएको छ । उस्तै प्रकृतिको अनियमिततामा जोडिएको खबर कर्मचारी प्रेसमा प्रकाशन भएसँगै ललितपुर मालपोत कार्यालयका प्रमुख अशोक कुमार भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा राखिएको छ भने भक्तपुर मालपोतका प्रमुख रहेका माधव घिमिरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा तानिएका छन् ।

बिज्ञापन

तत्कालीन मन्त्री बलराम अधिकारी अख्तियारको राडारमा तानिएको समयमा हतार हतार १० मालपोत प्रमुखहरु सरुवा गरेका थिए । सो समयमा चर्चित विचौलियाका डिजाइनमा लगनखेल मालपोत प्रमुख जीवन राज सेढाईलाई फिर्ता गराएर पर्साको प्रमुख रहेका अशोक कुमार भट्टराई मालपोत कार्यालय लगनखेल ल्याइएको थियो । यस्तै केही महिना अगाडिमात्र शाखा अधिकृतबाट उपसचिवमा उक्लिएका माधव घिमिरे मालपोत कार्यालय भक्तपुर पठाइएको थियो । यसरी पठाइएका कार्यालय प्रमुखहरु पाँच महिनामै फिर्ता भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० उपसचिवको सरुवा गर्दा दुई मालपोत प्रमुखहरु संघीय मामिलाको जगेडामा तानिएका छन् ।

बिज्ञापन

ती कार्यालय प्रमुख बनाइने गरी राजन कुमार बिसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भूमिमा पुगेका छन् । लामो समय राजश्व अनुसन्धान विभागमा कार्यरत रहेका बिसी केही अघिमात्र सामान्यको बरण्डामा तानिएका थिए । यस्तै सामान्यको अतिरिक्त समूहबाट अर्जुन राई र राजेन्द्र गौतम पनि भूमिमै इन्ट्री भएका छन् ।

४० लाख लगानी, २७ लाख मासिक कर्मचारीबाटै असुली: लगनखेल मालपोतमा कर्मचारीमाथि ‘कोटा सिस्टम’को आतंक

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष