केपी ओली नेतृत्वको सरकारका पालामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका राजकुमार गुप्ता अब थुनामा पुगेका छन्। विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू सुदर्शनदेव भट्ट, दिल्लीरत्न श्रेष्ठ र बिदुर कोइराला सम्मिलित संयुक्त इजलासले उनलाई कारागार चलान गर्ने आदेश दिएको हो।
बिज्ञापन
अदालतका अनुसार पोखरा–बाटुलेचौरस्थित लिची बगानको जग्गा प्रकरणमा वास्तविक धनी सुरजकुमार शाहको नाममा हक कायम गराइदिने आश्वासन दिएर पाँच करोड रुपैयाँ लिएको आरोप गुप्तामाथि छ। सोही आरोपका आधारमा उनी यसअघि थुनामा थिए।
यस प्रकरणमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले गुप्तालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो।
बिज्ञापन
अदालतको पछिल्लो आदेशसँगै उक्त मुद्दामा गुप्ताको थुनाबन्दी औपचारिक रूपमा कायम भएको छ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





















