ओली सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान

केपी ओली नेतृत्वको सरकारका पालामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका राजकुमार गुप्ता अब थुनामा पुगेका छन्। विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू सुदर्शनदेव भट्ट, दिल्लीरत्न श्रेष्ठ र बिदुर कोइराला सम्मिलित संयुक्त इजलासले उनलाई कारागार चलान गर्ने आदेश दिएको हो।

बिज्ञापन

अदालतका अनुसार पोखरा–बाटुलेचौरस्थित लिची बगानको जग्गा प्रकरणमा वास्तविक धनी सुरजकुमार शाहको नाममा हक कायम गराइदिने आश्वासन दिएर पाँच करोड रुपैयाँ लिएको आरोप गुप्तामाथि छ। सोही आरोपका आधारमा उनी यसअघि थुनामा थिए।
यस प्रकरणमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले गुप्तालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो।

बिज्ञापन

अदालतको पछिल्लो आदेशसँगै उक्त मुद्दामा गुप्ताको थुनाबन्दी औपचारिक रूपमा कायम भएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन उपनिर्देशक साधरण तारेखमा रिहा

लिचीबारी जग्गा प्रकरणमा जोडिएका मन्त्री थुनामा पुग्दा उपसचिव निलम्बित

पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीविरूद्ध दोस्रो भ्रष्टाचार मुद्दा

ओली सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान

अख्तियार प्रवक्तामा सुरेश न्यौपाने

गृह प्रशासनका अनुभवी रिजाललाई भूमि व्यवस्थाको कप्र महाशाखाको जिम्मेवारी

डिजिटल युगको लोकतन्त्रमा ऐतिहासिक दलहरू ‘सच्चिने कि सक्किने’ मोडमा : उपमहासचिव भण्डारी

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर पर्सा र काठमाडौं

बिशेष