इञ्जिनियरिङ सेवामा ६ जना सहसचिवमा बढुवा सिफारिस

काठमाडौं — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल इञ्जिनियरिङ सेवाका विभिन्न समूह तथा उपसमूहमा रिक्त रहेका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा बढुवा सिफारिस गरेको छ।

बिज्ञापन

मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार, लोक सेवा आयोग को बढुवा सूचना नम्बरअनुसार कार्यक्षमताको आधारमा हुने बढुवाका लागि बढुवा समितिको मिति २०८२/०९/१३ गतेको निर्णयअनुसार योग्यताक्रमका उम्मेदवारलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको हो। यो सूचना सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले प्रकाशित गरेको हो।

बिज्ञापन

सूचनामा उल्लेख भएअनुसार, निजामती सेवा ऐन, २०४९ को दफा २०(४) र २४च. बमोजिम बढुवा प्रक्रिया अघि बढाइएको छ।

बढुवा सिफारिस हुनेहरूमा नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, जनरल उपसमूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीमा प्रकाश चौधरी, ओमराज ढुङ्गाना र मनिष कुमार अर्याल रहेका छन्।

बिज्ञापन

त्यसैगरी, नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीमा विजयकुमार महत्व र धर्मेन्द्र कुमार झा बढुवा सिफारिस भएका छन्।

नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीमा सुमन सालीके बढुवा सिफारिस भएका छन्।

मन्त्रालयले सम्बन्धित कानुनी व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरी बढुवा कार्यान्वयन गरिने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष