चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

 करुणा, समर्पण र सेवाभावलाई पेशा बनाएका चिकित्सकहरू आज स्वयं असुरक्षा, कार्यबोझ, अपमान र मानसिक दबाबको घेरामा छन्। यही यथार्थको बीचमा, नेपालका हजारौं चिकित्सकहरूको साझा आवाज बनेर उभिन खोजिरहेका छन्— अध्यक्षका आकांक्षी डा. बद्री रिजाल। नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनमा उनी केवल उम्मेदवारका रूपमा होइन, संघलाई नयाँ युगतर्फ डोर्‍याउने दृढ संकल्पसहित मैदानमा उत्रिएका छन्।

बिज्ञापन

७५ वर्षभन्दा लामो इतिहास बोकेको नेपाल चिकित्सक संघ नेपाली चिकित्सकहरूको हकहित, सम्मान र जनस्वास्थ्यको भरोसायोग्य संस्थाका रूपमा स्थापित छ। तर संघीय संरचना, जनसंख्याको अनुपातमा अपर्याप्त जनशक्ति, चिकित्सकमाथि बढ्दो हिंसा, असन्तुलित पारिश्रमिक र नयाँ पुस्तामा बढ्दो निराशाले आज संघलाई आत्मसमीक्षा र पुनर्संरचनाको मोडमा ल्याइदिएको छ। यही मोडमा डा. बद्री रिजाल नेतृत्वको टिम ‘पेशागत मर्यादा र अटुट एकता : सबल एशोसिएशनका लागि प्रतिबद्धता’ भन्ने नारासहित अघि बढेको छ।

बिज्ञापन

संघ केवल संस्था होइन, चिकित्सकको साझा परिवार

डा. रिजालको दृष्टिमा एनएमए कुनै औपचारिक संस्था मात्र होइन— यो सबै चिकित्सकहरूको साझा घर हो, जहाँ मेडिकल विद्यार्थीदेखि सेवा निवृत्त अग्रजसम्म सुरक्षित, सम्मानित र सुन्ने कान पाउने वातावरण हुनुपर्छ। यही सोचका साथ उनले संघलाई “आवाज मात्र होइन, संकटमा साथ दिने संरक्षक” बनाउने लक्ष्य अघि सारेका छन्।

बिज्ञापन

दरबन्दी र पारिश्रमिक : ‘काम अनुसार सम्मान’

डा. बद्री रिजालको प्रतिबद्धताको केन्द्रमा छ— चिकित्सकको आर्थिक सुरक्षा र पेशागत मर्यादा। जनसंख्याको अनुपातमा अत्यन्त न्यून चिकित्सक दरबन्दीका कारण कार्यबोझ चुलिँदै गएको र त्यसले सेवा गुणस्तरमै असर गरिरहेको उनको ठम्याइ छ।

त्यसैका आधारमा उनले पहिलो वर्षमै २१ सय र पाँच वर्षभित्र १० हजारभन्दा बढी चिकित्सक दरबन्दी थप गर्ने प्रक्रियालाई टुंगोमा पुर्‍याउन सरकारमाथि निरन्तर दबाब दिने स्पष्ट योजना अघि सारेका छन्। संघीय सरकार मात्र होइन, प्रदेश र स्थानीय सरकारलाई समेत जिम्मेवार बनाउने उनको रणनीति छ।

चिकित्सकको योग्यता, अनुभव र जिम्मेवारीअनुसार वैज्ञानिक तलबमान, निजी मेडिकल कलेज र अस्पतालमा न्यूनतम पारिश्रमिकको सुनिश्चितता, अतिरिक्त समयमा गरेको आम्दानीमा लगाइँदै आएको करको पुनरावलोकन र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तालाई कार्यान्वयन गराउने विषयलाई उनले प्रमुख एजेन्डा बनाएका छन्। उनका अनुसार, “सेवाभावको नाममा चिकित्सकलाई शोषण गर्ने संस्कृति अब अन्त्य हुनुपर्छ।”

भयरहित कार्यस्थल : सुरक्षा बिना सेवा सम्भव छैन

अस्पतालभित्रै चिकित्सक असुरक्षित हुने अवस्था डा. रिजालका लागि सबैभन्दा गम्भीर चिन्ताको विषय हो। लामो संघर्षपछि बनेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन’ कागजमै सीमित नहोस् भन्नेमा उनी दृढ छन्।

उनले हरेक अस्पतालमा सुरक्षा युनिट, अनिवार्य सेफ्टी अडिट, CCTV र सुरक्षाकर्मीको व्यवस्था गराउने, चिकित्सकमाथि हुने आक्रमणमा निःशुल्क कानुनी सहायता विस्तार गर्ने र मुलुकी अपराध संहिताको इलाजसम्बन्धी दफा संशोधनका लागि दबाब दिने प्रतिबद्धता जनाएका छन्।

उपचारका क्रममा हुने विवाद र आक्रोशलाई व्यवस्थापन गर्न प्रत्येक अस्पतालमा ‘Hospital Communication and Conflict Management Committee’ गठन गर्ने अवधारणा उनको नेतृत्वको व्यावहारिक समाधानमध्ये एक हो।

Rapid Response Team : संकटमा चिकित्सकको ढाल

डा. बद्री रिजालको प्रतिबद्धतामा समेटिएको ‘Rapid Response Team (RRT)’ को अवधारणा एनएमए इतिहासमै फरक र प्रभावकारी पहल मानिन्छ। कार्यस्थलको असुरक्षा, दुर्व्यवहार, कानुनी झमेला वा व्यक्तिगत संकट— जुनसुकै अवस्थामा पनि चिकित्सक एक्लो नपरोस् भन्ने उनको चाहना हो।यो टिमले तत्काल सुरक्षा, कानुनी, प्रशासनिक र आवश्यक आर्थिक सहयोगसमेत उपलब्ध गराउनेछ।

ड्युटी आवर र मानसिक स्वास्थ्य : सेवा दिँदै आफै बिरामी नबनौँ

अत्यधिक कार्यबोझ, अनिद्रा र मानसिक तनावका कारण चिकित्सक स्वयं बिरामी बन्ने अवस्था बढ्दै गएको यथार्थलाई डा. रिजालले खुलेर स्वीकारेका छन्। त्यसैले वैज्ञानिक ड्युटी आवर, अनिवार्य विश्राम, वेलनेस कार्यक्रम, मनोसामाजिक परामर्श, योग र ध्यानजस्ता कार्यक्रमलाई संस्थागत बनाउने उनको योजना छ।

उनका अनुसार, “स्वस्थ चिकित्सक बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन।”

शिक्षा, अनुसन्धान र सबैलाई अटाउने एनएमए

डा. रिजालको नेतृत्वमा एनएमए काठमाडौं केन्द्रित संस्थाबाट देशव्यापी नेटवर्कमा रूपान्तरण हुने दाबी गरिएको छ। हरेक जिल्लामा एनएमए युनिट, मेडिकल विद्यार्थीका लागि छुट्टै विङ, अग्रज र नयाँ पुस्ताबीच अनुभव आदानप्रदानका लागि ‘एनएमए गुरुकुल सिरिज’, अनुसन्धान र तालिमका अवसर विस्तार— यी सबै उनका योजनाका महत्वपूर्ण पाटा हुन्।

निर्वाचन र आह्वान

संघको निर्वाचन कार्यक्रम अनुसार काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते तथा उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ।

डा. बद्री रिजाल यो निर्वाचनलाई केवल पदको प्रतिस्पर्धा होइन, चिकित्सकहरूको भविष्य र पेशागत मर्यादाको जनमत संग्रहका रूपमा हेर्न आग्रह गर्छन्।

उनको सन्देश स्पष्ट छ “एकताबद्ध चिकित्सक, सुरक्षित पेशा र सम्मानित सेवा यही हाम्रो गन्तव्य हो।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

बिशेष