पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याविनेट विस्तार गर्न लागेकी छिन् । कार्कीले पाँचौं पटक क्याविनेट विस्तार गरी नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बनाउन लागेकी हुन ।

बिज्ञापन

उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् । योसँगै अब कार्की मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ।

बिज्ञापन

कार्कीले आफू प्रधानमन्त्री भएसँगै शुरुमा रामेश्वर खनाल,कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री परिषद्मा समेटेकी थिइन । दोश्रो चरणमा अनिलकुमार सिन्हा, महावीर पुन,मदन परियार र जगदीश खरेललाई मन्त्री बनाएकी थिइन । यस्तै तेस्रो चरणमा सुधा गौतम र बब्लु गुप्‍तालाई मन्त्री परिषद्मा समेटिएको थियो भने चौथौं पटक मन्त्रिपरिषद् विस्तार गरी कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्‍ठ थपिएकोमा आजै बालानन्द शर्माले मन्त्रीको शपथ लिन लागेका हुन ।

मन्त्री बन्न लागेका शर्मा पूर्वरथी सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ । राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

मालपोत कार्यालय लगनखेलका तीन नासु ३ लाख घुससहित पक्राउ

लगनखेल मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी ३ लाख घुससहित पक्राउ

ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

बिशेष