प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याविनेट विस्तार गर्न लागेकी छिन् । कार्कीले पाँचौं पटक क्याविनेट विस्तार गरी नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बनाउन लागेकी हुन ।
बिज्ञापन
उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् । योसँगै अब कार्की मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ।
कार्कीले आफू प्रधानमन्त्री भएसँगै शुरुमा रामेश्वर खनाल,कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री परिषद्मा समेटेकी थिइन । दोश्रो चरणमा अनिलकुमार सिन्हा, महावीर पुन,मदन परियार र जगदीश खरेललाई मन्त्री बनाएकी थिइन । यस्तै तेस्रो चरणमा सुधा गौतम र बब्लु गुप्तालाई मन्त्री परिषद्मा समेटिएको थियो भने चौथौं पटक मन्त्रिपरिषद् विस्तार गरी कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठ थपिएकोमा आजै बालानन्द शर्माले मन्त्रीको शपथ लिन लागेका हुन ।
मन्त्री बन्न लागेका शर्मा पूर्वरथी सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ । राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
बिज्ञापन

























