सिराहा नगरपालिकाका ५० जना कर्मचारीको करार सम्झौता रद्द

 सिरहा नगरपालिकाले स्वीकृत दरबन्दी बाहिर नियुक्त गरिएका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार २०८२/०९/०१ गतेदेखि लागू हुने गरी उक्त सम्झौता खारेज गरिएको हो।
नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२/०६/०५ गतेको बैठक निर्णय, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट प्राप्त निर्देशन बमोजिम स्वीकृत दरबन्दी बाहेक कर्मचारी राख्न नपाइने निर्णय कार्यान्वयन गरिएको नगरपालिकाले जनाएको छ।

बिज्ञापन

उक्त निर्देशनका आधारमा सिरहा नगरपालिकाले यसअन्तर्गत स्वीकृत दरबन्दी बाहिर अस्थायी नियुक्ति भएका, करार सेवामा रहेका तथा ज्यालादारीमा कार्यरत सबै कर्मचारीको सेवा सम्झौता रद्द गरेको हो। रद्द गरिएका कर्मचारीहरूको नामावलीसमेत सूचनासँगै संलग्न गरिएको छ।

बिज्ञापन

सूचनामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनु र नगर प्रमुख डा. नविन कुमार यादव का हस्ताक्षर छन्।
नगरपालिकाका अनुसार संघीय, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी व्यवस्थापन गर्नुपर्ने सरकारी नीतिअनुसार यो निर्णय गरिएको हो। यस निर्णयले नगरपालिकाको कर्मचारी व्यवस्थापनलाई कानुनी र नीतिगत दायरामा ल्याउने विश्वास लिइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष