सिटौलाको काँधमा निमित्त महाप्रवन्धकको जिम्मेवारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को कामु महाप्रबन्धकमा टेकनाथ सिटौला नियुक्त भएका छन्।

बिज्ञापन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरणले सिटौलालाई विमानस्थलको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने गरी कामु महाप्रबन्धकको जिम्मा दिएको हो। यसअघि विमानस्थल प्रमुख रहेका हंसराज पाण्डेमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर भएर उनी निलम्बनमा गएसँगै यो पद रिक्त थियो ।

बिज्ञापन

नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले सिटौलालाई निमित्त प्रमुखको जिम्मेवारी तोकेका हुन् ।अहिले प्राधिकरणमा महानिर्देशकसहित ३ जना उपमहानिर्देशक स्तरका कर्मचारी भ्रष्टाचार मुद्दामा निलम्बित आस्थामा छन् । यस अघि मन्त्रालयका सहसचिव मुकेश डंगोललाई प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए । मन्त्री अनिल कुमार सिन्हाले मन्त्रालय सम्हाले लगतै बाह्रौँ तहमा रहेकामध्ये कर्णलाई केही दिनअघि कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए । उनै कर्णले त्रिवि विमास्थल टिआइएको काम महानिर्देशक तोकेका हुन ।

यसअघि विमानस्थलको निमित्त महाप्रबन्धकको जिम्मेवारी रिञ्जी शेर्पाले सम्हाल्दै आएका थिए । उनको ठाउँमा सिटौलालाई ल्याइएको हो । नवनियुक्त कामु महाप्रबन्धक सिटौलाले विमानस्थलको सेवा प्रवाह सुधार, उडान व्यवस्थापन, सुरक्षा समन्वय र यात्रु सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। पछिल्लो समय बढ्दो यात्रु चाप, उडान ढिलाइ र व्यवस्थापनसम्बन्धी चुनौतीका बीच उनको नियुक्तिलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
उच्च तहका कर्मचारीहरु भ्रष्टाचार मुद्धा लागेका कारण अहिले प्रेमनाथ ठाकुरले हवाई सेवा निर्देशनालय सम्हालिरहेका छन् भने जगन्नाथ निरौला पोखरा विमानस्थलमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष