आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

काठमाडौँ — सरकारले गृह मन्त्रालय अन्तर्गत प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा कार्यरत आठ सहसचिवसहित एकैपटक ६० सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

सरुवाअनुसार लमजुङका सिडिओ डा. टोकराज पाण्डे लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेशमा पठाइएको छ। खोटाङकी सिडिओ कल्पना श्रेष्ठ उद्योग मन्त्रालयमा सरुवा भएकी छन्। इलामकी सिडिओ सुनिता नेपाल लाई लगानी बोर्डको सचिवालयमा जिम्मेवारी दिइएको छ।

 

बिज्ञापन

यसैगरी सल्यानका सिडिओ नेत्र प्रसाद सुवेदी उद्योग मन्त्रालय, पूर्वी नवलपरासीका सिडिओ कृष्ण प्रसाद लम्साल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेशमा सरुवा भएका छन्। दोलखाका सिडिओ नारायण प्रसाद रिसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेशमा पठाइएका छन्। सिन्धुपाल्चोकका सिडिओ बन्धु प्रसाद बाँस्तोल लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ भने बाराका सिडिओ धर्मेन्द्र मिश्र लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेस प्रदेशमा जिम्मेवारी दिइएको छ।

 

सरकारको निर्णयसँगै गृह मन्त्रालयमा सात जना नयाँ सहसचिव भित्रिएका छन्। अन्यत्र कार्यरत रहेर गृहमा सरुवा हुनेमा रेखा कँडेल, निश्चलराज पाण्डे, राजन पौडेल, लक्ष्मी प्रसाद पौडेल, मदन कोइराला, उमेश ढुंगाना र शान्ति प्रसाद प्रसाई रहेका छन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष