मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

 

बिज्ञापन

काठमाडौँ । मालपोत कार्यालय चाबहिलले चाबिहल मालपोतमा समेत ‘भक्तपुर काण्ड’ दोहोरिने संकेत शीर्षकमा लेखेको समाचारप्रति खण्डन गरेको छ। मिति २०८२/०९/०३ गते प्रकाशित समाचारप्रति कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले औपचारिक खण्डन गरेका छन्। कार्यालय प्रमुख दिपेन्द्र कुमार खत्री र नायब सुब्बा मेघराज निरौलाले संयुक्त रूपमा जारी गरेको खण्डनमा समाचारमा उल्लेख गरिएका आरोपहरू तथ्यहीन, भ्रामक र आधारविहीन रहेको दाबी गरिएको छ।

बिज्ञापन

 

खण्डनमा कार्यालय प्रमुख खत्रीले आफू चाबहिल मालपोतमा हाजिर भएयता सेवाग्राहीले प्रत्यक्ष रूपमा सुशासन र पारदर्शिता महसुस गर्ने गरी सेवा प्रवाहमा केन्द्रित रहेको र मातहतका कर्मचारीलाई पनि कानुनबमोजिम काम गर्न निर्देशन दिइएको स्पष्ट पारेका छन्। साथै, कार्यालयमा कार्यरत कर्मचारीहरूको सरुवा तथा काज सरुवामा आफ्नो कुनै भूमिका नहुने उल्लेख गरिएको छ।

बिज्ञापन

 

खण्डनमा नायब सुब्बा प्रकाश आचार्यका विषयमा सेवाग्राहीबाट पटक–पटक गुनासा आएपछि कार्यालय प्रमुखको हैसियतले सचेत गराइएको र गुनासा नरोकिने अवस्था आएपछि माथिल्लो निकाय भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई जानकारी गराइएको जनाइएको छ। यो प्रक्रिया पूर्ण रूपमा पदीय जिम्मेवारीभित्र पर्ने नियमित प्रशासनिक काम भएको खण्डन पत्रमा उल्लेख छ। यसबाहेक कुनै व्यक्तिगत रिस, राग वा दुश्मनी नरहेको पनि स्पष्ट गरिएको छ।

 

प्रकाश आचार्यको काज सरुवासँग जोडेर नायब सुब्बा निरौलालाई समेत समेटी कार्यालयको छवि तथा व्यक्तिगत र सार्वजनिक जीवनमा असर पर्ने गरी समाचार प्रकाशित गरिएकोप्रति आपत्ति जनाउँदै, त्यस्ता आरोपहरूमा कुनै सत्यता नरहेको खण्डनमा दाबी गरिएको छ। साथै, मालपोत कार्यालय चाबहिलसँग सम्बन्धित कुनै विषयमा नियमनकारी निकायबाट छानबिन वा जाँचबुझ आवश्यक परेमा सधैं कानुनअनुसार पूर्ण सहयोग गर्न तयार रहेको व्यहोरा पनि खण्डनमार्फत जानकारी गराइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष