नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

काठमाडौँ : नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिज दिने प्रक्रियामा अनियमितता भएको प्रकरणमा तत्कालीन सचिव भीमप्रसाद उपाध्यायले मुख्य कागजातमा आफ्नो हस्ताक्षर नभएको दाबी गरेका छन्।

बिज्ञापन

 

बिज्ञापन

उपाध्यायले अनुसन्धानका क्रममा दिएको बयानमा आर्थिक चलखेल भएको भनिएको पेजमा उनको हस्ताक्षर नभएको र सो पाना पछि थपिएको (इन्सर्ट गरिएको) बताए। उनले भने, “कागजातको पेज नं. २५ मा ‘लिस्ट अट्याच्ड’ लेखी प्रस्तावकले हस्ताक्षर गरेका छन्, तर १ अर्ब ४० करोड रुपैयाँ रकम उल्लेख भएको पेज नं. २६ मा नेपाल ट्रस्टको छाप मात्र छ, मेरो हस्ताक्षर छैन।”

 

बिज्ञापन

उपाध्यायले स्पष्ट पारे कि उनी २०७३ असोजमा सरुवा भइसकेको थिए र थामसेर्कुसँगको अन्तिम सम्झौता २०७४ जेठमा मात्र भएको थियो। “मेरो कार्यकालमा टेन्डर प्रक्रिया सुरु भएको हो, तर कार्यान्वयनमा लैजाँदा म त्यहाँ थिइनँ,” उनले भने।

 

उनका अनुसार अन्य पानामा कार्यालयको छाप र ८ जनाको हस्ताक्षर रहेको छ, तर रकम उल्लेख भएको पानामा थामसेर्कुको मात्र छाप र पछाडि ७ जनाको हस्ताक्षर रहेको छ। यसले पाना पछि फेरिएको वा थपिएको हुन सक्ने संकेत दिन्छ।

 

उपाध्यायले आफ्नो कार्यकाल (२०७२ असोज २९ देखि २०७३ असोज १) मा टेन्डर प्रक्रिया अघि बढेको स्वीकार गरे पनि रकम उल्लेख भएको मुख्य पानामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। उनले भने, “मेरो कार्यकालमा प्रकाशित टेन्डरमा कित्ता नं. ४६०६ को १ रोपनी १४ आना मात्र उल्लेख थियो। तर २०७४ जेठ १४ मा भएको सम्झौतामा कित्ता नं. ४६०५ समेत थपिएको देखिन्छ।”

 

उपाध्यायले भने, आफू सरुवा भएर गइसकेपछि भएको सम्झौतामा जग्गा कसरी थपियो भन्ने जानकारी तत्कालीन जिम्मेवार अधिकारीले दिने कुरा हुने बताए।

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

बिशेष