नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

काठमाडौँ : नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिज दिने प्रक्रियामा अनियमितता भएको प्रकरणमा तत्कालीन सचिव भीमप्रसाद उपाध्यायले मुख्य कागजातमा आफ्नो हस्ताक्षर नभएको दाबी गरेका छन्।

बिज्ञापन

 

बिज्ञापन

उपाध्यायले अनुसन्धानका क्रममा दिएको बयानमा आर्थिक चलखेल भएको भनिएको पेजमा उनको हस्ताक्षर नभएको र सो पाना पछि थपिएको (इन्सर्ट गरिएको) बताए। उनले भने, “कागजातको पेज नं. २५ मा ‘लिस्ट अट्याच्ड’ लेखी प्रस्तावकले हस्ताक्षर गरेका छन्, तर १ अर्ब ४० करोड रुपैयाँ रकम उल्लेख भएको पेज नं. २६ मा नेपाल ट्रस्टको छाप मात्र छ, मेरो हस्ताक्षर छैन।”

 

बिज्ञापन

उपाध्यायले स्पष्ट पारे कि उनी २०७३ असोजमा सरुवा भइसकेको थिए र थामसेर्कुसँगको अन्तिम सम्झौता २०७४ जेठमा मात्र भएको थियो। “मेरो कार्यकालमा टेन्डर प्रक्रिया सुरु भएको हो, तर कार्यान्वयनमा लैजाँदा म त्यहाँ थिइनँ,” उनले भने।

 

उनका अनुसार अन्य पानामा कार्यालयको छाप र ८ जनाको हस्ताक्षर रहेको छ, तर रकम उल्लेख भएको पानामा थामसेर्कुको मात्र छाप र पछाडि ७ जनाको हस्ताक्षर रहेको छ। यसले पाना पछि फेरिएको वा थपिएको हुन सक्ने संकेत दिन्छ।

 

उपाध्यायले आफ्नो कार्यकाल (२०७२ असोज २९ देखि २०७३ असोज १) मा टेन्डर प्रक्रिया अघि बढेको स्वीकार गरे पनि रकम उल्लेख भएको मुख्य पानामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। उनले भने, “मेरो कार्यकालमा प्रकाशित टेन्डरमा कित्ता नं. ४६०६ को १ रोपनी १४ आना मात्र उल्लेख थियो। तर २०७४ जेठ १४ मा भएको सम्झौतामा कित्ता नं. ४६०५ समेत थपिएको देखिन्छ।”

 

उपाध्यायले भने, आफू सरुवा भएर गइसकेपछि भएको सम्झौतामा जग्गा कसरी थपियो भन्ने जानकारी तत्कालीन जिम्मेवार अधिकारीले दिने कुरा हुने बताए।

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

पौने चार करोड बैंक जमानत लिएर रवि लामिछानेलाई छाड्न आदेश

कारागार प्रमुख,इञ्जिनियर,नासु र सहलेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

बिशेष