कर्मचारीहरु दलालको प्रभावमा परेर काम गर्ने गरेको मन्त्रीको आरोप

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङनामले मालपोतका कर्मचारीहरु दलालको प्रभावमा परेर काम गर्ने गरेको आरोप लगाएका छन् ।

बिज्ञापन

हालैमात्र मन्त्रीमा नियुक्त भएका इङनामले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) ले आजदेखि आयोजना गरेको साकोस समिट उद्घाटन गर्दै इङनामले यस्तो आरोप लगाएका हुन् ।
उनले देशभरका मालपोत कार्यालय जनताको सेवा गर्नेभन्दा पनि दलालका एजेन्टजस्तो भएर काम गरिरहेको र जनतालाई छिटो, सरल र पारदर्शी सेवा दिनुपर्नेमा मालपोतका कर्मचारी दलालको प्रभावमा परेर काम गर्ने गरेको आरोप लगाए ।

बिज्ञापन

मन्त्री इङनामले सहकारी क्षेत्रमा धेरै समस्या देखिएको स्वीकार गर्दै ती समस्या समाधानका लागि सरकार गम्भीर रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। सहकारीलाई मर्यादित, पारदर्शी र सदस्य–केन्द्रित बनाउन आवश्यक रहेकामा उनले जोड दिए । दुई दिनसम्म सञ्चालन हुने साकोस समिटमा देशभरका ६ सय भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाका करिब ८ सय प्रतिनिधिको सहभागिता छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

पौने चार करोड बैंक जमानत लिएर रवि लामिछानेलाई छाड्न आदेश

कारागार प्रमुख,इञ्जिनियर,नासु र सहलेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

बिशेष