हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

हेटौँडा । हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु भएपछि परिवारले उपचारमा गम्भीर लापरबाही भएको आरोप लगाएका छन्। घटनापछि आफन्त र अस्पताल प्रशासनबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ भने निष्पक्ष छानबिनको माग गरिएको छ।

बिज्ञापन

परिवारका अनुसार मङ्सिर २५ गते अस्पतालमै सामान्य प्रसूति भएर शिशु जन्मिएको थियो। आमा र शिशु दुवैको अवस्था सामान्य रहेको भन्दै घर जान चाहँदा अस्पताल प्रशासनले नछाडेको र भोलिपल्ट मङ्सिर २६ गते नवजात शिशुलाई भर्ना गरिएको उनीहरूको भनाइ छ। भर्नापछि शिशुको नियमित चिकित्सकीय जाँच नहुने र नर्सहरू पनि समयमा उपस्थित नहुने गरेको परिवारको आरोप छ।

बिज्ञापन

शिशुका बाबु का अनुसार पुस १ गते बिहान करिब साढे ३ बजेसम्म दूध खाएर सुतेको शिशुलाई फोटो थेरापी मेसिनमा राख्नुपर्ने भन्दै राखिएको थियो। उक्त निर्णयप्रति सुरुदेखि नै शंका व्यक्त गरे पनि नर्स वा चिकित्सकले गम्भीर रूपमा नलिएको उहाँले बताउनुभयो।

“बिहान ५ बजेतिर मेसिनमै राखिएको अवस्थामा मेरो छोराको मृत्यु भयो,” ओलीले भन्नुभयो, “निकाल्दा शिशुको एकपट्टिको कान र शरीरका केही भाग जलेको जस्तो निलो देखिएको थियो।”

बिज्ञापन

उहाँका अनुसार बिहानको समयमा वार्डमा न नर्स थिए न चिकित्सक नै। “ढोका ढकढक्याएर बोलाउँदा पनि कोही आएन। पछि आएका डाक्टरलाई ‘शिशु बितिसक्यो, के चेक गर्नु’ भनेपछि फर्केर जानुभयो,” उहाँले आरोप लगाउनुभयो।

घटनाका प्रत्यक्षदर्शी कुरुवाहरूले पनि मेसिनमा राख्दासम्म शिशु पूर्ण रूपमा सामान्य रहेको बताएका छन्। निकाल्दा शरीरका केही भाग निलो भइसकेको देखिएको उनीहरूको भनाइ छ। “राति दूध खाएर मज्जाले सुतेको बच्चा बिहानसम्म ठीक थियो, अचानक यस्तो भयो,” एक कुरुवाले बताए।

कुरुवाहरूले फोटो थेरापी मेसिनको तापक्रम अत्यधिक भएको वा उपकरणमा विद्युत् समस्या हुनसक्ने आशंका पनि व्यक्त गरेका छन्।

यता अस्पताल प्रशासनले भने आरोप अस्वीकार गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट का अनुसार शिशुको मृत्यु आमाको दूध चुस्ने क्रममा सर्किएर भएको हो। बाल रोग विशेषज्ञ ले फोटो थेरापी मेसिनबाट करेन्ट लाग्ने सम्भावना नै नभएको दाबी गर्नुभएको छ।

घटनाको निष्कर्ष ननिस्किँदासम्म शिशुको शव नबुझ्ने अडान आफन्तले लिएका छन्। हाल आफन्त र अस्पताल प्रशासनबीच छलफल जारी रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारले ट्रेड युनियन खारेज गर्ने मनशाय राखेको छैनः मन्त्री यादव

सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप

भन्सार विभागको महानिर्देशकमा यमलाल, आन्तरिकमा डाक्टर भीष्म

आठ कर्मचारी संगठनलाई मन्त्रालयको तीन दिने अल्टिमेटम

भागदौडको ट्रेलर सार्वजनिक

गृह वा अर्थ ताकेका सचिवको मधेश प्रदेशमा सरुवा

अश्लिल हर्कतको भिडियो सार्वजनिक भए पछि सिंहदरबारबाटै पक्राउ परे अधिकृत

अर्थका दुई ठूला विभागमा को बन्दैछन् महानिर्देशक ?

बिशेष