सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

कैलालीमा कार्यरत दुई जना वरिष्ठ डिभिजनल वन अधिकृतलाई तत्काल कार्यस्थल छाडेर प्रदेश वन निर्देशनालय, धनगढीमा हाजिर हुन आदेश दिइएको छ।

बिज्ञापन

 

बिज्ञापन

डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट र पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेललाई २४ घण्टाभित्र निर्देशनालयमा उपस्थित हुन परिपत्र गरिएको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले बुधबार ‘अत्यन्त जरुरी’ शीर्षकमा पत्र पठाउँदै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निर्देशनालयमा हाजिर हुन निर्देशन दिएका छन्।

 

बिज्ञापन

सचिव कोइरालाका अनुसार यो निर्णय शुद्ध प्रशासनिक प्रकृतिको हो। प्रदेश सरकारले यसअघि गरेको सरुवाको निर्णय कार्यान्वयन गराउने उद्देश्यले दुवै अधिकृतलाई निर्देशनालयमा तानिएको मन्त्रालयको भनाइ छ।

 

यसअघि भट्ट र कँडेलले प्रदेश सरकारले तोकेको सरुवा स्थानमा नजाने अडान लिँदै सरुवा बदरको मागसहित उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए। तर मङ्गलबार अदालतले सुदूरपश्चिम प्रदेश सरकारद्वारा तीन जना वरिष्ठ डिभिजन वन अधिकृतको सरुवासम्बन्धी निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

 

अदालतबाट अन्तरिम राहत नपाएपछि सरकारको निर्णय कार्यान्वयनको प्रक्रियाअनुसार दुवै अधिकृतलाई प्रदेश वन निर्देशनालयमा हाजिर गराउन निर्देशन दिइएको मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष